ईभी प्रमोशन गर्न कर छुट दिँदा राजस्वमा असर पर्‍यो : अर्थमन्त्री  

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले विद्युतीय सवारीसाधन (ईभी) लाई प्रोत्साहन गर्दा राजस्वमा असर परेको बताएको छ ।

सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ईभीमा कर छुट दिएकाले नै अहिले राजस्व संकलन बढ्न नसकेको बताए । ‘हामीले ईभी प्रमोशन गर्न कर छुट दियौं । अहिले त्यसको असर राजश्वमा परेको छ । यो अहिले कर नबढ्नुमा मुख्य कारण यही हो,’ उनले भने ।


Back_to_top