एमएडब्ल्यूले जित्यो जेसीबीको डिलर अफ दी एयर अवार्ड

काठमाडौं । नेपालका लागि जेसीबी कन्स्ट्रक्सन इकुप्मेन्टकोे आधिकारिक वितरक एमएडब्लू अर्थमुभरले सन् २०२३ को साउथ एसिया रिजनको ‘डिलर अफ दी एयर’ अवार्ड जितेको छ ।

गत शुक्रबार पोर्चुगलको लिस्बनमा भएको जेसीबीको वार्षिक डिलर कन्फ्रेन्समा एमएडब्लूले उक्त अवार्ड पाएको हो ।

एमएडब्लू ग्रुपले सन् १९६४ देखि अटोमोबाइल व्यवसाय गर्दै आएको छ । यसले नेपाली बजारमा जेसीबी ब्राण्डको कन्सट्रक्सन तथा हेवी इकुप्मेन्ट बिक्री गर्दै आएको छ ।

नेपालको अटोमोबाइल क्षेत्रमा दरिलो उपस्थिती रहेको एमएडब्लू ग्रुपले यामाहा, जेसीबी, स्कोडा, जीप, सेरेस, चांगन, आइसर, दिपल, फोटन जस्ता ब्राण्डहरू नेपालमा बिक्री वितरण गरिरहेको छ ।

एमएडब्लु ग्रुपले अटोमोबाइलका सबै सेग्मेन्टहरू दुईपांग्रे, चारपांग्रे, इलेक्ट्रीक, कमर्शियल, लाइट कमर्शियल तथा हेवी इकुप्मेन्टहरू को सेवा दिँदै आएको छ ।


Back_to_top