हिरोको बदमासीः वारेन्टीमा पनि ग्राहकसँगै पैसा उठाउन उर्दी (पत्रसहित)

काठमाडौं । हिरोको डिलरसिप गएसँगै लाखौं ग्राहकलाई विचल्लीमा पर्दै आएको नेपाल जनरल मार्केटिङ प्रालिले आफैले दिएको वारेन्टीलाई लत्याउन थालेको छ । उसले ग्राहकसँग पैसा उठाएर मात्रै पार्टस् दिने र पछि इन्डियाबाट हिरोले दिए रकम फिर्ता गर्नेभन्दै डिलरहरुलाई पत्राचार गरेको हो ।

हिरो इन्डियाले एनजीएमसँग खोसेर सिजी मोटर्सलाई नयाँ डिलर नियुक्त गरेपछि एनजीएमले ग्राहकलाई पार्टस् उपलब्ध गराउन छाडेको हो ।

एनजीएमसँगको सम्झौता रद्ध गर्दै हिरो मोटोकर्पले सिजी मोटर्सलाई डिलरशिप दिएको भएपनि सिजी मोटर्सले मोटरसाइकल र पार्टस् दुबै उपलब्ध गराएको छैन । यसले लाखौ ग्राहक प्रभावित भएका छन् ।

कम्पनीले मार्चदेखि मोटरसाइकलको बिक्री सुरु गर्ने बताएको छ । तर, यता एनजीएमले ग्राहकलाई वारेन्टी उपलब्ध गराउन नसक्ने विज्ञप्ती निकालेको छ ।

नेपाल जनरल मार्केटिङले ग्राहकले वारेन्टी लिन पहिला पैसा बुझाउनु पर्ने र हिरो इन्डियाले एनजीएमलाई पैसा दिएपछि मात्र वारेन्टी क्लेम पाउने बताएको छ ।

‘वारेन्टीका सामान फेर्न आउने ग्राहकहरुको लागि अबदेखि कुन सामान वारेन्टीमा फेर्नु पर्ने हो, सोको लिस्ट बनाई पठाउने र उक्त लिस्टको सामान हिरोबाट हामीलाई प्राप्त भएपछि मात्र ग्राहकलाई वोरेन्टीको सामान दिइनेछ,’ कम्पनीले डिलरहरुलाई लेखेको पत्रमा भनिएको छ ।


Back_to_top