रेट्रो लुक्समा १६० सीसीको होन्डा स्कुटर

काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारतीय बजारमा नयाँ रेट्रो डिजाइन स्कुटर प्रर्दशन गरेको छ । कम्पनीले आफ्नो स्कुटर सेग्मेन्ट मध्यकै सबैभन्दा पावर फुल स्कुटर ‘होन्डा स्टायलो १६०’  प्रर्दशन गरेको हो ।

होन्डाको नयाँ स्टायलो १६० स्कुटर नियो रेट्रो लुक्समा रहेको छ । विषेशगरी यो स्कुटर युवा वर्गका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

हेर्दा निकै आकर्षक देखिने यो स्कुटर पावरमा पनि अरु स्कुटरभन्दा धेरै अगाडि रहेको छ । यसमा १६० सीसीको सिंगल सिलिन्डर, लिक्विड कूल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १६ ब्रेकहर्स पावर र १५ एनएम पिक टर्क जेनेरेट गर्छ । कम्पनीका अनुसार यो स्कुटरले ४५ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ ।

रेट्रो लुक्समा रहेको स्टायलो १६० स्कुटरमा एड्भान्स फिचरहरु रहने छन् । यसमा सबै एलइडी लाइट, एलइडी डिआरएल, किलेस स्टार्ट सिस्टम, कलर कोडेड फ्लोर बोर्डसँगै तीन कलर अप्सन पाउन सकिन्छ ।

त्यस्तै, १२ इन्चको अलोय ह्वील, चौडा टायर, फ्रन्ट डिस्क ब्रेक, कम्बी ब्रेकिङ सिस्टम, एबीएस, आरएसयु टेलिस्कोपीक फ्रन्ट फर्क, अन्डर सिट स्टोरेज, सिल्बर फ्रन्ट फर्क पेन्ट र सिल्बर ग्रयाबरेल जस्ता फिचर यसमा रहनेछन् ।


Back_to_top