नुवाकोटमा दुई विद्युतीय गाडी जुध्यो

काठमाडौं । नुवाकोटको गंगटे बजार नजिकै दुई विद्युतीय साधन ठोकिएका छन् । त्रिशुलीबाट काठमाडौं आउन लागेको विद्युतीय कार र काठमाडौंबाट त्रिशुली गइरहेको इलेक्ट्रीक भ्यान ठोकिएको हो ।

दुई दिशाबाट आइरहेको साधन एक अपसमा ठोकिदा ठूलो क्षेती भने नभएको स्थानियले बताएका छन् ।

‘दुई साधन ठोकिएका हुन् । कारमा रहेको एक जना प्यासेन्जरको टाउकोमा चोट लागेको छ । त्यो बाहेक सबै प्यासेन्जर सकुसल छन् । उनिहरु गाडी ठोकिएपनि निस्केर आफ्नो–आफ्नो गन्तब्य तिर लागेका छन् । घाइतेको उपचार भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी संजय सिंह थापा भने ।

नेटा भी कारमा रहेका प्यासेन्जरले सिट बेल्ट नबान्दा टाउकोमा चोट लागेको बताउँदै थापाले भने, ‘मानविय क्षती नभएपनि दुर्घटनामा राम्रै आर्थिक नोक्सानी भएको छ ।’


Back_to_top