हुन्डाईको इलेक्ट्रीक पीकअप ‘आयोनीक टी-१०’

काठमाडौं । हुन्डाई मोटर्सले अष्ट्रेलियामा आफ्नो पहिलो इलेक्ट्रीक पीकअपको ट्रेडमार्क दर्ता गराएको छ । कम्पनीले दर्ता गरेको नयाँ ट्रेडमार्कमा ‘आयोनीक टी-१०’ नाम दर्ता गरिएको हो ।

डबल क्याव पीकअपको रुपमा आउने नयाँ मोडलको अन्तर्राष्ट्रिय ट्रेडमार्क दर्ता सुरु भएको छ । कम्पनीले चाँडै अमेरिकी बजारमा पनि यसलाई रजिष्टर गर्ने जनाएको छ । हुन्डाईले अन्य आयोनीक कारभन्दा पीकअपलाई केही ठूलो र पृथक डिजाइनमा आधारित रहेर तयार गर्ने देखिन्छ ।

हुन्डाईले आयोनीक टी-७ नाम पनि केही बजारमा दर्ता गरेको छ । सम्भवत अहिले कम्पनीले बिक्री गर्दै आएको पीकअप शान्ताक्रुजको विकल्पमा यसलाई ल्याउने तयारी गरेको हुनुपर्छ ।

अहिले अष्ट्रेलियन बजारमा चल्तीका पीकअप फोर्ड रेन्जर, टोयोटा हाइलक्स, इसुजु डिम्याक्स र माज्दा बीटी–५० हुन् । यी पीकअपभन्दा केही ठूलो साइजमा हुन्डाईले आयोनीक टी-१० ल्याउन लागेको बताइन्छ । यसको साइज फोर्ड एफ–१५० जत्रै हुनेछ ।


Back_to_top