नयाँ गाडी किन्नभन्दा ब्याट्री फेर्न धेरै खर्च

काठमाडौं । जर्मन कार उत्पादक कम्पनी बीएमडब्लूको आई-३ मा ब्याट्री फेर्न नयाँ गाडी किन्नुभन्दा धेरै खर्च लागेको समाचारहरु बाहिर आएका छन् ।

कम्पनीले अमेरिकी बजारमा बिक्री गरेको आई-३ को ब्याट्री फेर्न ३० हजार डलरदेखि ७१ हजार डलरसम्म लाग्ने कोटेशन ग्राहकलाई दिएपछि ब्याट्री फेर्न लाग्ने मूल्य चर्चामा आएको हो ।

बीएमडब्लु आई-३ का ग्राहकहरुले ७१ हजार डलरभन्दा धेरैको कोटेसन पाएको बताएका छन् । यसको ब्याट्री रिप्लेसमेन्ट कस्ट सन् २०२१ मा बिक्री भएको आई-३ को मूल्यभन्दा धेरै तोकिएको हो ।

सन् २०२१ मा आई-३ को अमेरिकी बजारमा मूल्य ४५ हजार ४४५ डलरदेखि ५२ हजार ४९५ सम्म मात्र थियो । तर, गाडीको कुल मूल्यभन्दा पनि ब्याट्री ‘रिप्लेसमेन्ट कस्ट’ बढि आएको भन्दै ग्राहकले आश्चर्य ब्यक्त गरेका छन् ।

विभिन्न वर्षमा बनेको बीएमडब्लू आई-३ मा १८.२, २७.२ र ३७.९ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक रहेको छ ।


Back_to_top