इन्जिनमा समस्या देखिएपछि सुजुकीले फिर्ता बोलायो मोटरसाइकल

काठमाडौं । सुजुकी इन्डियाले आफ्नो २५० सीसी लाइनअपको तीनवटै मोडलका मोटरसाइकल रिकल गरेको छ । जापानी मोटरसाइकल निर्माता कम्पनी सुजुकीले भारतामा उत्पादित २५० सीसी मोटरसाइकको इन्जिनमा समस्या देखिएका कारण रिकल गरेको हो ।

कम्पनीले २५० सीसी क्षमताका जिक्सर २५०, एसएफ २५० र भी स्ट्रोम २५० मोटरसाइकलमा अचानक स्टल हुने, असामान्य आवाज आउने तथा भाइब्रेसन ज्यादा हुने समस्या देखिएपछि बनाउन फिर्ता बोलाएको हो ।

सुजुकी इन्डियाले देशभर रहेको आफ्नो टचपोइन्टहरुबाट ग्राहकलाई सम्पर्क गरेर मोटरसाइकलमा देखिएको समस्या समाधान गरिरहेको जनाएको छ ।

यसरी फिर्ता बोलाएका मोटरसाइकलहरुमा कम्पनीले निःशूल्क मर्मत गर्दै आएको बताएको छ ।

कम्पनीले २५० सिरिजमा सबैभन्दा पछिल्लो समय बजारमा ल्याएको मोटरसाइकल भी स्ट्रोम २५० रहेको छ । यसमा २४९ सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९३०० आरपीएममा २६ पीएस पावर तथा ७३०० आरपीएममा २२.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स पाउन सकिन्छ ।


Back_to_top