६ तस्विरमा हेर्नुहोस् टोयोटा ल्याण्डक्रुजर एलसी ३००

काठमाडौं । टोयोटाको चर्चित मोडल ल्याण्डक्रुजरको नयाँ जेनेरेशन मोडल एलसी ३०० सार्वजनिक भएको छ । टोयोटाले हिजो अनलाइन मार्फत एक कार्यक्रम आयोजनागरि नयाँ जेनेरेशन एलसी ३०० सार्वजनिक गरेको हो ।

कम्पनीले नयाँ जेनेरेशन मोडलको तौल २०० किलोग्रामले घटाएको छ भने पहिलोको तुलनामा निकै आक्रमक ग्रिल दिइएको छ । ग्रिलको बीचमा थुप्रै एयर भेन्टहरु देख्न सकिन्छ । अगाडिको ग्रिलमा होरिजेन्टल क्रोम फिनिसिङ, नयाँ डिजाइनको रेक्टेङगुलर आकारको हेडल्याम्प, बक्सी डिजाइन बडी, आकर्षक रुफरेल जस्ता फिचर देख्न सकिन्छ ।

नयाँ जेनेरेशन ल्याण्डक्रुजर पहिलो पटक टोयोटाको टिएनजीए प्ल्याटफर्ममा तयार भएको हो । कम्पनीले यसको प्ल्याटफर्म नै परिवर्तन गरेर उत्पादन गरेकाले यसको कुल तौलसमेत घटेको हो ।

 

नयाँ ल्याण्डक्रुजर एलसी ३०० को ड्यासवोर्डमा फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ डिजाइनको स्टेरिङ ह्वील, लेदर सिट, ३.५ लिटर र ३.३ लिटर दुइन टर्बो भि६ डिजेल इन्जिन यसमा दिइएको छ । ३.५ लिटर इन्जिनले अधिकतम ४१५ हर्स पावर र ६५० एनएम टर्क प्रदान गर्ने छ । त्यसैगरि ३.३ लिटर इन्जिनले अधिकतम ३०९ हर्स पावर र ७०० एनएम टर्क प्रदान गर्ने क्षमता राख्छ ।

नेपालमा पनि टोयोटाको आधिकारीक वितरक यूनाइडेड ट्रेडर्स सिन्डिकेट प्रालिले विक्री गर्दै आएको ल्याण्डक्रुजर एलसी २०० र ल्याण्डक्रुजर प्राडो सिधै जापानबाट आयात गरेर विक्री हुँदै आएको छ । नयाँ एसयूभी तत्काल नेपाल आउने वा नआउने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।


Back_to_top