होन्डाको १८४ सीसी मोटरसाइकल नेपाल आउँदै, कति पर्ला मूल्य

काठमाडौं । होन्डाका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा निकै सफल मानिन्छन् । विशेषत स्कुटर सेग्मेन्टमा होन्डा निकै राम्रो गरिरहेको छ भने मोटरसाइकल सेग्मेन्ट साइन सर्वाधिक विक्री हुने मोडल हो ।

१६० देखि २०० सीसी सेग्मेन्टमा भएका एक्सव्लेड, हर्नेट, यूनिकर्न जस्ता मोटरसाइकलले सोचे अनुसारको सफलता पाउन सकेका छैनन् । यस्तोमा होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले नयाँ मोटरसाइकल हर्नेट २.० नेपाली बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको छ ।

बीएस ६ इन्जिन, अगाडि दिइएको गोल्डन कलरको यूएसडी फर्क, १८४.४ सीसी क्षमताको इन्जिन, स्पोर्टी बडी डिजाइन जस्ता कारण नेपाली बजारमा यो मोटरसाइकल गेमचेन्जर मोडल बन्न सक्ने देखिन्छ ।

यो सेग्मेन्टमा विक्री हुँदै आएको बजाज पल्सर २००, यामाहा एमटी १५ जस्ता मोडलमा उपलब्ध नभएको यूएसडी फर्क, बीएस ६ इन्जिन उपलब्ध भएकै कारण हर्नेट २.० को मूल्य करिब ४ लाख ५० हजार हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

होन्डाको चर्चित मोडल सिबी १९० आरमा उपलब्ध इन्जिन नै यसमा दिइएको छ । उक्त इन्जिनले १७.२ बीएच पावर तथा १६.१ एनएम टर्क जेनेरेट गर्छ । स्ट्रीट फाइटर नेकेड डिजाइन, ‘एक्स सेप टेल ल्याम्प’ तथा एग्रेसीभ हेडल्याम्पले हर्नेट २.० लाई निकै स्पोर्टी देखिएको छ । यो सेग्मेन्टमा उपलब्ध अन्य मोटरसाइकल मध्ये यसमा प्रयोग भएको टायर निकै वाइड रहेको छ ।


Back_to_top