हुन्डाईले सार्वजनिक गर्‍यो क्रेटाको नयाँ भेरियन्ट, ‘एसएक्स’भन्दा सस्तो हुने

काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी हुन्डाईले आफ्नो चर्चित एसयूभी क्रेटाको नयाँ भेरियन्ट भारतमा विक्री सुरु गरेको छ । कम्पनीले क्रेटाको एस र एसएक्स भेरियन्टको बीचमा राखेर ‘एसएक्स एक्जुकेटीभ’ भेरियन्ट ल्याएको हो ।

यो भेरियन्टमा विशेष गरेर हुन्डाइले म्युजिक र इन्फोटेन्मेन्टका केही फिचर घटाएको छ । नयाँ एसएक्स एक्जुकेटीभ भेरियन्टमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम उपलब्ध हुने छैन । त्यस्तै यसमा हुन्डाईको व्लुलिङ्क कार कनेक्टीभीटी, एप्पल कार प्ले, एन्ड्रोइड अटो, भ्वाइस रिकग्नीसन फङ्सन, ड्राइभर रियर भ्यू मनिटर र बर्गलर अलार्म समेत हटाएको छ ।

यस भेरियन्टमा कम्पनीले बडीकलर डोरह्याण्डल, डेनाइट मिरर, मल्टीफङ्सन स्टेरिङ ह्वील, रिभर्सीङ क्यामरा, यूसबी पोर्ट, सार्कफिन एन्टेना तथा ब्लुटुथ माइक भने थप गरेको छ ।

पेट्रोल र डिजेल दुबै १.५ लिटर इन्जिनमा उपलब्ध हुने नयाँ भेरियन्ट केही समयपछि नेपाली बजारमा पनि उपलब्ध हुनेछ । विशेषत पेट्रोल इन्जिनमा एस मोडलको मूल्य ५३ लाख ९६ हजार र एसएक्स भेरियन्टको मूल्य ६१ लाख ५६ हजार रुपैयाँ कायम गरेर विक्री हुँदै आएकोमा नयाँ भेरियन्ट आएसँगै ५७ लाख हाराहारीमा यसलाई ग्राहकले किन्न पाउने अनुमान गर्न सकिन्छ ।


Back_to_top