काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारिक वितरक कम्पनी युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा कोरोला हाइब्रिड कार ३० प्रतिशत डाउन पेमेन्टमा किन्न पाइने स्कीम ल्याएको छ ।
कम्पनीले टोयोटा विजय उत्सव स्कीम सार्वजनिक गर्दै कम डाउन पेमेन्टमा नै कोरोला हाइब्रिड कार किन्न सकिने बनाएको हो । साथै, एक्सचेन्जको सुविधा समेत ग्राहकले पाउने छन् ।
कम्पनीले धुम्बमराही स्थीत टोयोटाको आधिकारिक शोरुमबाट भदौ १८ गतेसम्मका यस स्कीममा गाडी किन्न पाउने छन् । कम्पनीले आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर टोयोटा कारहरुमा विभिन्न स्किम सहितको योजना सुरु गरेको बताएको छ ।
त्यस्तै, टोयोटाको कार खरिद वा एक्स्चेन्ज गर्न आउने ग्राहकले आफुसँग भएको पुरानो गाडीको तत्काल एक्सचेन्ज भ्यालुएसन पाउने, फ्रि रोड ट्याक्स, एक्सचेन्ज बोनस, एक वर्षको बीमा, विभिन्न किसिमका गिफ्ट ह्याम्पर, फ्रि ओनरसिप ट्रान्सफर, नगद छुटकासाथै विशेष छुट जस्ता अफरहरु पाउने कम्पनीले जनाएको छ ।
आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर नयाँ टोयोटाको गाडी खरिद गर्न चाहने ग्राहकलाई बिभिन्न एक्सचेन्जरसँगको सहकार्यमा उत्कृष्ट भ्यालुएसन प्रदान समेत कम्पनीलेनै गराइदिने छ । यसका साथै विजय उत्सव योजनाको अर्को आकर्षणको रुपमा डेल्ली र मुख्य लक्की ड्र समेत रहेको छ ।
यसका अलावा टोयोटाका गाडी चढिरहेका पुराना ग्राहकहरुले समेत नयाँ ग्राहकलाई रिफर गरेर रिवार्ड समेत जित्न सक्नेछन् । कम्पनीले विभिन्न बैंकहरुको सहकार्यमा सहजै फाइनान्स सुविधा समेत उपलब्ध गराउने बताएको छ ।