नयाँ हाइब्रिड जेडएसको बिक्री सुरु, आउला नेपाल ?

काठमाडौं । चिनियाँ ग्रुप एसएआईसीले एमजी जेडएस हाइब्रिड यूरोप र अष्ट्रेलियाबाट बिक्री सुरु गरेको छ । कम्पनीले जेडएसको नयाँ जेनेरेशन प्लेटफर्ममा हाइब्रिड जेडएस उत्पादन गरेको हो ।

विश्वब्यापी रुपमा विस्तारै हाइब्रिड कारको माग उच्च बन्दै जाँदा एमजीले जेडएस मोडललाई हाइब्रिडमा पनि ल्याएको हो । नयाँ जेनेरेशन जेडएस बजारमा ल्याउने तयारी गरिरहेको एमजीले जेडएस हाइब्रिड अगष्ट २६ तारिखमा सार्वजनिक गरेको थियो ।

अहिले बजारमा बिक्री हुँदै आएको जेडएस ईभीकै जस्तो साइड बडी डिजाइनमा देखिएको नयाँ हाइब्रिड मोडलको अगाडि भने ब्यापक परिवर्तन देख्न सकिन्छ ।

एमजीले हाइब्रिड जेडएस ईभीमा १.५ लिटर क्षमताको पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १०२ हर्सपावर प्रदान गर्छ । गाडीमा १३६ हर्स पावरको इलेक्ट्रीक मोटर पनि दिइएको छ । यी दुबै मोटरको संयुक्त पावर १९६ हर्स पावर र ३४३ एनएम टर्क रहेको छ ।

यो एसयूभीलाई सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको टप स्पीड भेट्टाउन केवल ८.७ सेकेन्ड लाग्छ । यसको टप स्पीड क्षमता १६७ किलोमिटर प्रतिघन्टा रहेको छ ।

नयाँ हाइब्रिड मोडलमा १२.३ इन्चको इन्फोटेन्टमेनट सिस्टम, नयाँ डिजाइनको एसी भेन्ट, नयाँ मल्टी फङ्गसनल स्टेरिङ ह्वील, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, रियर प्राइभेसी ग्लास, लेदर सिट, हिटेड सिट र स्टेरिङ पाउन सकिन्छ ।

एडास लेभल टु सुरक्षा फिचर समाबेस एसयूभीमा ३६० डिग्री क्यामेरा उपलब्ध छ । कारको एक्सटेरियरमा नयाँ अक्टागोनल फ्रन्ट ग्रिल, स्पोर्टी बम्पर, हेडल्याम्प र टेलल्याम्प पाउन सकिन्छ ।

एमजीले जेडएस ईभीको नयाँ जेनेरेशन मोडल यहि वर्षको अन्तिममा बजारमा ल्याउने भएको छ । नयाँ जेडएस ईभी पहिलेको भन्दा विल्कुलै फरक डिजाइन, फिचर र इन्टेरियरमा उपलब्ध हुनेछ ।

इलेक्ट्रीक जेडएस नेपाल आउने छ । अहिले पनि नेपालमा सफल मध्येको एक मोडल जेडएसको हाइब्रिड भर्सन भने नेपाल आउने सम्भावना अत्यन्त न्यूनछ ।


Back_to_top