काठमाडौं । टीभीएसको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले नाडा अटो शोमा आफ्ना उत्पादनलाई प्रदर्शन गरेको छ । कम्पनीले अटो शोमा आफ्नो मोटरसाइकल र स्कुटरको लाइनअप राखेको हो ।
टीभीएसको सटलमा यदि तपाई अवलोकनको लागि जाँदै हुनुहुन्छ भने तीन मोडल अवश्य हेर्नुहोला । जसमा नयाँ रोनीन, बीएस सिक्स इन्जिनमा आएको रेडर र एनटर्क १२५ डिस्क भेरियन्ट छन् ।
आज नाडा अटो शो २०२४ को चौथो दिन हो । अटो शो आगामी आइतबारसम्म चल्नेछ ।

