काठमाडौं । जापानी कार निर्माता कम्पनी टोयोटाले भारतीय बजारमा नयाँ यारिस सार्वजनिक गरेको छ । मिड साइज सेगमेन्ट सेडान यारिस गत साता भारतीय बजारमा सार्वजनिक भएको हो ।
टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले नयाँ यारिस नेपाल भित्र्याउने तयारी थालेको जनाएको छ । टोयोटाको यारिसको पुरानो मोडल नेपाली बजारमा समेत उपलब्ध रहेको छ ।
कुन महिनामा नेपाल आउँछ अहिल्यै कन्र्फम छैन तर, यारिस नेपाल आउने छ कम्पनी स्रोतले जनाएको छ ।
भारतीय बजारमा यस कारको सुरुवाती मूल्य ८ लाख ७५ हजारदेखि १४ लाख ७ हजार भारुसम्म रहेको छ । टोयोटा यारिस हाललाई १.५ लिटर भीभीटी–आइ पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ ।
उक्त इन्जिनले १०७ पीएस र १ सय ४० एनएम टर्क दिन्छ । यारिसमा ट्रान्समिसन–६ स्पिड अटोमेटिक र ७ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ ।
यो यारिस पुरानो यारिसको तुलनामा निक्कै परिमार्जन गरि बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
नयाँ यारिस सुरक्षा फिचरमा विशेष जोड दिइएको छ । यो कारमा ७ वटा एसआरएस एयरब्याग रहेको छ । त्यस्तै यारिसमा एन्टि–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकिङ सिस्टम, भेइकल स्ट्याविलिटी कन्ट्रोल, फ्रन्ट र रेयर पार्किङ सेन्सर तथा फोर ह्वील डिस ब्रेक लगायत विशेषता रहेको छ ।