काठमाडौं । भारतीय बजारमा टोयोटा र मारुति सुजुकीबीच सहकार्य गर्ने बिषयमा एक सम्झौंता भएको छ । सम्झौता अनुसार टोयोटाले मारुति सुजुकीलाई कम्पायक्ट र अल्ट्रा इफिसेन्सी कार बनाउन प्राविधिक सहयोग गर्ने भएको छ ।
यसको पहल जापनीज ब्राण्ड सुजुकी कम्पनीले गरेको हो । सुजुकीको प्रस्ताब टोयोटाले स्विकार गरेसँगै यी दुई कम्पनी बीच सहकार्य हुने भएको हो ।
हामी सुजुकीसँग मिलेर भारतीय अटोबजारलाई माथिल्लो स्थानमा पुर्याउन र मेक इन इन्डियालाई प्रमोट गर्न आउन लागेका हौं ।
दुबै कम्पनीले प्रारम्भिक सम्झौंतापछि टेक्नोलोजीको विकास, गाडी उत्पादन र बजार बिस्तारको बिषयमा चर्चा गरेका थिए ।
सम्झौंता अनुसार भारतीय बजारमा संयूक्तरुपमा दुबै कम्पनीको कारहरु बिक्री गर्ने, सुजुकी र टोयोटाले उत्पादन गरेका सवारीसाधन भारत, अफ्रिका र अन्य बजारमा दुबै कम्पनीको ब्रान्च नेटवर्कको प्रयोग गर्ने जस्ता बिषयमा दुबै कम्पनी सहमत भएका छन् । यो सहमतिले दुबै कम्पनीलाई कस्तो फाइदा पुग्ने छ त्यो भने भबिष्यले नै बताउने छ ।
दुई कम्पनीबीच लजिस्टीक र सेवा क्षेत्रमापनी सहकार्यगर्ने बिषयमा छलफल भएको जनाइएको छ ।
सम्झौंतापछि टोयोटाका प्रेसिडेन्ट अकियो टोयोडाले भने ‘सुजुकी जापनीज ब्रान्डमा सबैभन्दा पुरानो ब्राण्ड हो । उसले भारतमा आफुलाई केन्द्रित गर्यो । आज भारतमा जति अटोमोवाइलको बजार छ, यसलाई बिस्तारगर्न सुजुकीको निकै ठुलो भूमिका रहेको छ । हामी सुजुकीसँग मिलेर भारतीय अटोबजारलाई माथिल्लो स्थानमा पुर्याउन र मेक इन इन्डियालाई प्रमोट गर्न आउन लागेका हौं ।’
त्यस्तै सुजुकीका प्रेसिडेन्ट दशमु सुजुकीले भने ‘सुजुकीको प्रस्तावलाई लिएर अकियो टोयोडा निकै सकारात्मक छन् । यस बिषयलाई लिएर म निकै उत्साहीत छु । अब हामीले टोयोटाको प्रविधिक सहयोग पाउने छौं । यो सहकार्यले हामी दुबै कम्पनीलाई निकट भबिष्यमा ठूलो फाइदा पुग्नेछ ।’

