टोयोटा यारिस क्रसओभर डिजाइनमा सार्वजनिक

काठमाडौं । टोयोटा मोटर्सले जापानमा यारिस क्रसओभर मोडलको सार्वजनिक गरेको छ । टोयोटाको टिएनजिए (टोयोटा न्यू ग्लोबल आर्किटेक्चर) प्ल्याटफर्ममा उत्पादन गरिएको यासिरको मूल्य १७ लाख ९८ हजारदेखि २८ लाख १५ हजार जापानी यानसम्म मूल्य तोकिएको छ ।

नयाँ क्रसओभर यारिसमा आकर्षक हेडल्याम्प, सानो तर लामो ग्रिल, फगल्याम्प, फक्स एयरभेन्ट, एलइडी डिएलआरएस जस्ता विशेषता यसमा पाउन सकिन्छ ।

यसमा दिइएको मेसिन कट अलोय ह्वीलले क्रसओभरलाई निकै मस्कुलर देखाएको छ । कारको पछाडि भागमा सिंगल पिस एलइडी टेल ल्याम्प र इन्डिकेटर दिइएको छ । रुफ माउन्ट स्पोइलर, सार्क फिन एन्टिना जस्ता बाहिरी फिचरले क्रसओभर यारिस लोभ लाग्दो देखिएको छ ।

यारिस क्रसओभरको क्याविनमा फ्लोटिङ टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, सेमि डिजिटल इन्ट्रुमेन्ट कन्सोल, टिएफटी मिड डिस्प्ले, स्टेरिङ माउन्ट अडियो तथा क्रुज कन्ट्रोल दिइएको छ ।

सुरक्षाको लागि राडार क्रुज कन्ट्रोल, हाई विम लाइटिङ सिस्टम, एबीएस, इबीडी, कर्नर ब्रेक कन्ट्रोल, स्टेविलिटी कन्ट्रोल, ८ एयरव्याग जस्ता फिचर उपलब्ध रहेको छ ।

यसलाई कम्पनीले दुई इन्जिन अप्सनमा बजारमा ल्याएको छ । यसमा १.५ लिटर पेट्रोल र हाइब्रिड दुई अप्सन पाउन सकिन्छ । यसमा रहेको इन्जिनले अधिकतम १०८ पीएस पावर र १४० एनएम टर्क प्रदान गर्ने छ । यसमा फोर ह्वील ड्राइभ अप्सनपनि उपलब्ध रहने छ ।


Back_to_top