ट्राफिक चेकिङमा कडाइ, १ महिनामै १२ करोड जरिवाना असुली

फाइल तस्बिर ।

काठमाडौं । ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही तीव्र बनाएको छ । जथाभावी सवारी चलाउँदा दुर्घटना बढेसँगै प्रहरीले कारबाही तीव्र बनाएको हो ।

नेपाल प्रहरीका अनुसार पछिल्लो एक महिना (असार)मा मात्रै ट्राफिक कारबाहीबाट १२ करोड ८ लाख ४२ हजार ७३८ रुपैयाँ राजस्व संकलन गरिएको हो ।असारमा कारबाहीमा परेका सवा १ लाख सवारी साधनबाट उक्त राजस्व असुली गरिएको हो ।

जेठको तुलनामा असारमा जरिवाना रकम २ करोड ६७ लाख रुपैयाँ धेरै उठेको हो । जेठमा ट्राफिक कारबाहीबाट ९ करोड ४१ लाख ३० हजार ७०६ रुपैयाँ राजस्व संकलन भएको थियो ।

प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन, जथाभावी हर्न बजाउने, ओभरटेक गर्ने, लेन क्रस गर्ने, ओभरलोड बोक्ने, तोकिएका कागजात नबोक्ने लगायतलाई कारबाही गरी जरिवाना तिराइएको छ ।


Back_to_top