काठमाडौं । सरकारले संसदमा पेश गर्न लागेको ‘सवारी तथा यातायातको सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक २०८०’को मस्यौदामा सवारीसाधन मोडिफाइ गर्नेलाई कडा करबाहीको प्रावधान राख्न लागेको हो ।
प्रस्तावित मस्यौदामा दर्ताको प्रमाणपत्रमा उल्लेख भए बमोजिमको बास्तविक नम्बर वा प्लेट नराखी अर्कै नम्बर वा प्लेट राखी सवारी चलाउन लगाउनेलाई अधिकार प्राप्त अधिकारीले ६ महिनासम्म कैद वा पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गर्न सक्नेछन् ।
विशेषगरी मोडिफाइमा पर्ने सवारीसाधनको रङ परिवर्तन, स्वरुप परिवर्तन, इन्जिन परिवर्तन चेसिस परिवर्तन जस्ता काम गरेको खण्डमा कडा कारवाही गर्ने प्राबधान नयाँ प्रस्तावित मस्यौदामा उल्ल्ेख गरिएको छ ।
यसका अलाव हेल्मेट नलगाएको, सिट बेल्ट नबाँधेको, तोकिएभन्दा बढी यात्रु वा मालसामान बोकेको, सार्वजनिक यातायातले यात्रु लिन इन्कार गरेको, बढी भाडा लिइएको। लापरवाहीको साथ सवारीसाधन चलाएको, अनुमती पत्र नलिइ सवारीसाधन चलाएको जस्ता कसुरमा लाग्ने जरिवाना १५० प्रतिशतसम्म वृद्धि गर्न लागेको हो ।


