यी काम गरे उपत्यकामा ट्राफिक जाम हुँदैन

काठमाडौं । सडक विभाग अन्तर्गतको ट्राफिक सुरक्षा महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई कसरी चुस्त बनाउन सकिन्छ भन्ने विषयमा सरोकारवाला निकायसँग छलफल गरिरहेको छ ।

छलफलका आधारमा भन्दा उपत्यकामा हुने ट्राफिक व्यवस्थापन गर्न कठिन अवस्था आउँदै गरेको सबैले महशुस गरेका छन् । त्यसैले अब ठोस कार्ययोजना बनाएर काम गर्न सकेमात्र यसको उचित व्यवस्थापन हुने देखिन्छ ।

सडकमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सुरुमा सडक नै ६ लेनको हुनुपर्ने र त्यसको लागि सम्बन्धीत सबै निकायले काम अगाडि बढाउनु पर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय अभ्यास अनुसार सडकमा बाँयातर्फको लेन सदैब खुल्ला हुनुपर्ने हुन्छ । तर, उपत्यकाका सडकमा अहिले त्यो सम्भव छैन । हामीकहाँ अहिले २ लेनको बाटोमा ४ तिर जाने सवारीसाधनलाई म्यानेज गर्नु पर्ने अवस्था छ । यो काम मिलाउन ट्राफिक प्रहरीको लागि निकै चुनौँति पूर्ण रहेको छ ।

अर्को महत्वपूर्ण विषय उपत्यकामा हरेक गल्लीबाट इन्टरसेक्सन निर्माण गरिएको छ । यसरी अस्तव्यथ रहने सडकमा हरेक गल्लीबाट सवारी निस्कदा त्यसलाई मिलाउन निकै कठिन रहेको छ । यसको व्यवस्थापनको लागि सबै निकायसँग छलफलगरि धेरै गल्लीबीच कनेक्सन बनाएर केहीमात्र इन्टरकनेक्सन बनाउनु पर्छ ।

सडक चौडाइ नभएको अवस्थामा यूटर्न तथा साइड लेनमा गुड्ने सवारीका लागि अन्डर पास र फ्लाईओभरको व्यवस्था गर्न ढिला भइसकेको छ । यसलाई मिलाएर कसरी लान सकिन्छ भनेर सडक विभागले सरोकार वाला निकायसँग छलफल अगाडि बढाएको छ ।

उपत्यका भित्र जम्मा १७ स्थानमा ट्राफिक लाइट मर्मत गरी सञ्चालनमा ल्याइएको छ । यतिले मात्र उचित व्यवस्थापन हुन सक्दैन । अब म्यानुयल हिसावले चलाउने सडक बत्तीले उपत्यकाको ट्राफिक व्यवस्थापन थेग्न सक्दैन । त्यसैले इन्टिलिजेन्स ट्राफिक सिस्टममा जानु पर्छ ।

यी माथीका मध्ये धेरै काम विभागले अगाडि बढाएको अवस्था छ । यदी यी काममा सफलता पाउने हो उपत्यकाको ट्राफिक व्यवस्थापन सहज हुनेछ । (ओझासँगको कुराकानीमा आधारित)


Back_to_top