काठमाडौं । हेटौंडा-कुलेखानी-काठमाडौं रूटमा चल्ने सवारी साधनका चालकले लागू पद्धार्थ सेवन गरेर सवारी चलाउँदै आएको पाइएको छ ।
मंगलबार जिल्ला ट्रफिक प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला जन स्वास्थ्य कार्यालय हेटौंडा, सवारी यान्त्रिक परिक्षण कार्यालय हेटौंडा, भीमफेदी स्वास्थ्य केन्द्रको संयुक्त रुपमा गरेको चेकजाँचको क्रममा चालकहरुले लागू औषध सेवन गरेको भेटिएको हो ।
यस रुटमा सवारी चलाउने १११ चालको पिसाब परीक्षण गर्दा ११ जनाले लागू पद्धार्थ सेवन गरेको पाइएको हो । लागगू पद्धार्थ सेवन गर्ने ११ चालकमध्ये ९ जना सार्वजनिक यातायातका चालक रहेको ईलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
जसमा ६ जना सुमो चालक, ३ जना ईभी चालक, २ जना फलफूल र माछा बोक्ने सवारी साधनका चालक रहेका छन् ।
लागू पद्धार्थ सेवन गरी सवारी चलाउने विरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

