शासकको सवारीः रासायनिक आक्रमणले समेत केही हुँदैन ट्रम्पको कार, यस्ता छन् सुरक्षा

काठमाडौं । अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०१८ का शक्तिशाली नेतामध्ये तेस्रो नम्बरमा रहेका छन् । उनीभन्दा अगाडी चीनका राष्ट्रपति सी जीङ पीङ पहिलो नम्बरमा रहेका छन् भने दोस्रो नम्बरमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन रहेका छन् । 

ट्रम्प राष्ट्रपतिभन्दा अगाडि नै एक धनाढ्य व्यापारिकको सूचीमासमेत रहेका छन् । विश्वका जुनसुकै नेताहरूलाई पनि सबैभन्दा चासो सुरक्षामा हुने गर्छ । अहिले ट्रम्प प्रशासनलाई पनि उनको सुरक्षाको विशेष चासो र चिन्ता छ । 

त्यसैले सबैभन्दा बढी प्रयोग गरिने सवारीलाई गाडी उत्पादक कम्पनीहरूले जतिसक्दो सुरक्षित र आरमदायी बनाउन वर्षौ मेहेनत गरेका छन् । ट्रम्पको गाडी पनि जर्मनी गाडी उत्पादक लिमोजिन ब्रान्डले ट्रम्पका लागि विशेष सुरक्षा जडित गाडी उत्पादन गरेर दिएको छ । जुन गाडीमा ट्रम्प अधिकांश समय हुइकिन्छन् । विश्वकै बाघ मानिने अमेरिकी राष्ट्रप्रमुखले कस्तो गाडी चढ्छन् भन्ने विषयमा चासो राख्ने गर्छन्, जुन स्वभाविक पनि हुने गर्छ । 

ट्रम्पको कार लिमोजिनको ‘लिमोजिन न्यू काडिल्याक’ सेडान सेगमेन्टमा रहेको छ । जसको ढोका नै आठ इञ्च मोटो रहेका छन् । उक्त गाडी बम तथा रासायनिक आक्रमणबाट सजिलै बच्ने गर्छ भने रासायनिक आक्रमण भएमा अटोमेटिक गाडीभित्रै अक्सिजन उत्पादनसमेत हुने प्रविधि जडान गरिएको छ । 

ट्रम्पसँग सोही मोडलकै दुई थान एसयूभी सेगमेन्टका गाडीसमेत रहेका छन् । उनको सवारी हुदाँ तीन गाडीमध्ये कुनमा हिँड्छन् भन्ने कोहीले पनि पत्ता लगाउन सक्दैनन् । गाडीको मूल्य १५ मिलियन डलर पर्छ । 

गाडीका विशेषता 

रियर कम्पारमेन्ट 

ट्रम्प चढ्ने गाडीमा ४ वटा सिटमात्रै रहेका छन् । जसको पछाडिपट्टि ट्रम्प र उनको श्रीमती बस्ने गर्छन् । सिसाको पार्टेसन गरिएको हुन्छ भने ट्रम्पले मात्रै स्वीच अन गरेर सिटलाई तल र माथि गर्न सक्छन् भने अक्सिनको बटमसमेत ट्रम्पको नजिकै स्वीच हुने गर्छ । 

ढोका 

ढोको प्लेट ८ इञ्च मोटो रहेको छ भने क्याविन डोरमा बोइङ ७५७ जेटको ढोका प्रयोग गरिएको छ । बम र रासायनिक आक्रमणबाट १०० प्रतिशत सुरक्षित राख्छ । 


चफर 

यसको सेक्रेट सर्भिसकासाथै उच्च सुरक्षाले गाडी गुडाउन मद्दत गर्छ भने चालकले १८० डिग्रीमा टर्न लिन सक्नेछन् । 

झ्याल 

झ्यालमा ५ वटा लेयर रहेका छन् भने सिसा र पोली कार्वोनेटको प्रयोग झ्यालमा गरिएको छ । झ्याल चालकले ३ इञ्चमात्रै खोल्न सक्दछन् । 

ड्राइभर कम्पार्टमेन्ट 

ड्राभइरको सबै जीपीएस ट्रयाकिङ गरिएको हुन्छ । 

बुट 

आगो नियन्त्रण सिस्टेमिक, टियर ग्यास र स्मोक स्क्रिन डिस्पेन्सर राखिएको छ । 

रियर सिट 

ट्रम्प बस्ने सिट स्याटेलाइट फोन भने सिधा उपराष्ट्रपतिसँग कुरा गर्न मिल्ने गरी पेन्टागनमा जोडिएको हुन्छ । 

ट्यांकी 

फ्यूल ट्यांकीमा आरमोर प्लेटको प्रयोग गरिएको हुन्छ भने स्पेसल फोम प्रयोग गरिएको हुन्छ । 

बडीवर्क 

गाडीको बाडी पार्ट ५ इञ्च मोटो रहेको हुन्छ भने डवल कडा स्टिल र आल्मुनियम, टिटानियम र सेरामिक्सको प्रयोग गरिएको छ । 

सुरक्षा 

गाडीभित्रै सर्टगन राखिएको हुन्छ भने टियर ग्याँसको साथै ट्रम्पका लागि रगतको प्याकेटसमेत गाडीमै रहेको हुन्छ । 

चेसीस 

बम आक्रमणबाट बचाउने स्टील प्लेटहरूको प्रयोग गरिएको छ । 

टायर 

द केभलार रेनफोर्स टायर र पञ्चर नहुने स्टील रिम्सको प्रयोग गरिएको छ । 

अगाडि

गाडीको अगाडि नाइटभिजन क्यामेराको प्रयोग गरिएको छ । 


Back_to_top