टीभीएस आरटीआर १६० ४ भी, ६ महिनामा बिक्यो एक लाख यूनिट

टीभीएस अपाची आरटीआर ४भी भारतीय बजारमा १ लाख यूनिट भन्दा धेरै बिक्रि भएको छ । गत मार्चमा भारतीय बजारमा लन्च भएको बाइकले छ महिनाको अबधिमा यो आँकडा पार गरेको हो ।

मिड रेन्ज स्पोर्टी बाइक आर्कषक लुक्स तथा पावरका कारण युवाको रोजाइमा परेको कम्पनीले दाबी गरेकाे छ । आरटीआर २००-४भीको लुक्समा डिजाइन गरिएको यो बाइक  भारतीय बजारमा दुइ भेरियन्ट कार्वोरेटर र फ्यूल इन्जेक्सन भर्सनमा उपलब्ध रहेको छ । फ्यूल इन्जेक्सन भर्सनमा ट्वीन डिस्कसमेत उपलब्ध छ । 

यसमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पी एस पावर ८००० आरपीएम मा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ। पावर राइडिड्डको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स रहेको छ, जसले पावरफुल राइडिड्डको अनुभव प्रदान गर्नेछ ।

टप स्पीड क्षमता ११३ किलोमिटर प्रति घण्टा रहेको बाइकले ० देखि ६०काे स्पीड  मात्र ४.७३ सेकेन्डमा भेट्पुरटाउन सक्छ ।


Back_to_top