सन् १८९८ मा ‘मोन्डियल डे’ अटोमोबाइलको नामबाट सुरु भएको पेरिश अटो शोले १ सय २० वर्ष पुरा गरेको छ । संसारकै जेठो अटो शोको रुपमा चिनिने पेरिस अटो शो आज अक्टोम्बर ४ बाट सुरु हुदैछ ।
सन् १९७६ सम्म हरेक वर्ष यो अटो शो आयोजना हुने गथ्र्याे । त्यस पश्चात् दुई वर्षमा एक पटक आयोजना हुन थालेको थियो । सन् १९९८ बाट यो अटो शोको नाम पेरिस मोटर शोको राखिएको हो ।
करिब १ लाख २५ हजार मिटर स्क्वायरमा लाग्ने मेलामा विश्वका १०३ देशका करिब १० हजार पत्रकारले सहभागिता जनाउने छन् । सन् १८९८ मा अटोमोबाइल क्लब डे फ्रान्सले आयोजना गरेको अटो शोमा साइकल र गाडी प्रदर्शन गरेको थियो । त्यतिबेला १ लाख ४० हजार मानिसले अटो शो भिजिट गरेका थिए ।
सन् १९५२ बाट अटो शोले कमर्शियल गाडीको समेत प्रदर्शनी गरेको थियो । सो प्रदर्शनीमा पुरुषलाई महिला कार बिक्रेताले चुनौति दिएका थिए । विशेषगरेर गाडी प्रदर्शनीमा मोडलको रुपमा महिलाको प्रयोग यहि अटो शोबाट भएको मानिन्छ ।
सन् २००४ पछि यो अटो शामा करिब १४ लाखभन्दा बढी अवलोकनकर्ताले सहभागीता जनाउने गरेका छन् । १ सय २० वर्ष पुरा गर्दै गरेको अटो शोमा संसारभरबाट गाडी उत्पादक, अबलोकनकर्ता र अटो एक्सपटहरुको घुईचो लाग्ने गरेको छ ।

