आयो टीभीएससँग ‘हर मोडमा उमंग’ अफर, यस्ता छन् फाइदा

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘हर मोडमा उमंग’ नामक स्कीम सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाखसम्म जित्ने मौका प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

हिजो भदौ २८ गतेबाट देशभर संचालनमा आएको यो स्कीम सिमित अवधिको लागि मात्रै भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

‘हर मोडमा उमंग’ योजना अन्तर्गत नकिन्दै www.tvsnepal.com/dashain मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ । हरेक महिना १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर पनि यो स्कीमले दिने कम्पनीको भनाइ छ ।

स्कीमको अन्त्यमा एक भाग्यशाली विजेताले बम्पर उपहारको रुपमा १० लाखसम्म जित्ने अवसर पनि स्कीममा रहेको कम्पनीले जानकारी दियो ।

साथै, एक्सचेन्जमा १० हजारसम्म अतिरिक्त मुल्याङ्कन, सुन्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल र स्कुटर खरिद गर्न सकिने सुविधा पनि उपलब्ध रहेको छ । त्यसैगरी, जीवनभरका लागि वारेन्टी सुविधा पनि उपलब्ध रहेको कम्पनीले बताएको छ ।

विजेताहरूको घोषणा महिनाको पहिलो मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्येक्ष प्रशारण मार्फत हुनेछ ।


Back_to_top