नेपालको लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस मोटरसाईकलका ग्राहकहरुलाई लक्षित गरेर नयाँ योजना ‘अपाचे रेस ट्रयाक एक्सपेरियन्स’ ल्याएको छ । उक्त योजना अनुसार देशभर रहेका टीभीएस मोटरसाईकलको कुनै पनि शोरुममा गई अपाचे आरआर ३१० तथा अपाचे २०० फोरभी भी२ को टेस्टराईड मात्र गरि उक्त योजनामा सहभागि हुन सकिनेछ । याेजना अनुसार २५ जना विजेताहरुले भारतको चेन्नाईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे आरआर ३१० र २०० फोरभी भी कुदाउन पाउनेछन् ।
साथै टीभीएसका उक्त बाइकका खरिदकर्ताहरुले हेल्मेट्स नेपालको क्रमशः १० हजार र ७ हजार बराबर नगद उपहार पाउनेछन् । यो योजनामा सहभागीहरुले उक्त बाईकहरु खरिद गर्दा अपाचे आरआर ३१० को लागि मासिक किस्ताबन्दी १९ हजार ९३ रुपैयाँ, अपाचे २०० फोरभी भी२ को लागि ११ हजार २ सय ४५ मात्र कायम गरिएको छ ।
नयाँ बिक्री योजनाका बारेमा जानकारी दिदै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले हरेक मोटरसाईकल राइडरका लागि रेस ट्रयाकमा मोटरसाईकल कुदाउने इच्छा हुने बताए । त्यसैलाई मध्येजनर गर्दै जगदम्बा मोटर्सले उक्त योजना ल्याएको उनको भनाई छ ।
मद्रास मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो । सन् १९८९ मा उद्घाटन गरिएको यो ट्रयाक ३ हजार ७ सय ४० मिटरको रहेकोे छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेसिङ्ग ईभेन्टहरु आयोजना भईसकेको यो ट्रयाक रेसिङ्ग प्रेमीहरु माझ अत्यन्तै लोकप्रिय रहेको छ ।
टीभीएस अपाचे रेस ट्रयाक एक्सपेरियन्स योजनामा सहभागी भई नयाँ अनुभव हासिल गर्ने अवसर नगुमाउन कम्पनीले सबै मोटरसाईकल प्र्रेमीहरुलाई आग्रह समेत गरेको छ ।

