अपडेट भयो टीभीएस रोनीन

काठमाडौं । टीभीएस मोटर्सले रोनीन डीएसको २०२५ मोडल सार्वजनिक गरेको छ । कम्पनीले सामान्य अपडेटका साथ २०२५ मोडल रोनिन सार्वजनिक गरेको हो ।

कम्पनीले निओ रेट्रो स्टाइल मोटरसाइकल रोनिनको २०२५ मोडलको सुरुवाती मूल्य १ लाख ५९ हजार भारतीय रुपैयाँ (एक्स सोरुमए) तोकेर सार्वजनिक गरेको हो ।

यसअघि रोनीन डिएस भेरियन्टको मूल्य १ लाख ५६ हजार ७०० रपैयाँ रहेको थियो । कम्पनीले २०२५ मोडलमा दुई नयाँ कलर दिनुका साथै डबल च्यानल एबीएससमेत उपलब्ध गराएको छ । यसका अलावा अन्य कुनै परिर्वतन गरिएको छैन ।

रोनीनमा २२५.९ सीसी सिंगल सिलिन्डर, एयर÷आयल कुुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २०.४ पीएस तथा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्सका साथ सिल्पर क्लच उपलब्ध छ ।

रोनीनमा कनेक्टिभिटी फिचरसहितको फुल डिजिटल डिस्प्ले, एबीएस मोड, ग्लाइड थ्रु ट्राफिक, एड्जष्टेवल ब्रेक÷क्लच लिभर, अल एलइडी लाइट, साइड स्याण्ड सेन्टर तथा साइलेन्ट स्टाट जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top