जनकपुरमा भोलि टीभीएसको ‘ ह्विली बिट्स’ कन्सर्ट र स्टन्ट शो

काठमाडौं । टीभीएस दशैंको दौड अन्तर्गत नेपालका मूख्य मूख्य सहरहरुमा टीभीएस ह्विली बिट्स नामक कन्सर्ट र स्टन्ट शो हुने भएको छ । 

जगदम्बा मोटरले हालै नेपाली बजारमा ल्याएको अपाचे आरटीआर १६० २भी र रेडोन ११० को बिक्री वितरणको सुरुवात पनिसँगै हुने कम्पनीले जनाएको छ । 

उक्त कार्यक्रमको सुरुवात भोलि मंगलवार प्रदेश २ को राजधानी जनकपुरबाट सुरु हुने भएको कम्पनीका मार्केटिङ म्यानेजर नवराज कोइरालाले जानकारी दिए । 

‘अहिले हाम्रो टिम जनकपुरमा छ, भोलिको तयारी व्यापकरुपमा अगाडि बढेको र दशैं अगाडि देशका मुख्य सहरमा हामी पुग्ने छौं’ कोइरालाले मेरोअटोसँग भने ।

कार्यक्रमको मूख्य उद्देश्य नेपाली कला, संस्कृति सहयोग गर्दै जनकपुरधामको विशिष्ठ कला संस्कृतिको पौराणिक इतिहास भएकोले यसको सुरुवात जनकपुरबाट गरिएको कोइरालाले बताए ।

कार्यक्रममा स्टन्टका साथै नृत्य, गायन र अन्य मनोरञ्जनात्मक प्रस्तुति हुनेछ । यसमा लोकप्रिय राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारको समेत सहभागिता हुने बताइएको छ ।


Back_to_top