अप्रिलियाको १५० सीसी सेग्मेन्टको मोटरसाइकल अटो एक्स्पो २०२० मा सार्वजनिक हुने दाबी बाइकवाले न्यूज पोर्टलले गरेको छ । अटो एक्स्पो आगामी फेब्रुअरी ७ देखि १२ सम्म आयोजना हुँदैछ । भारतमा स्कुटर निर्माण गर्दै आएको कम्पनी पियाजीयोले उक्त मोटरसाइकल बनाउन लागेको हो ।
अहिले विभिन्न चरणको परिक्षाण चलिरहेको बाइकको अब भने अन्तिम चरणको परिक्षण भइरहेको उक्त मिडियाले दाबी गरेको छ । यसअघि कम्पनीले अप्रिलियाको मोटरसाइकल २०१८ अटो एक्स्पोमा २ मोडल जीपीआर १५० र टुनो १५० को प्रोटोटाइप प्रर्दशनी गरेको थियो ।
अब भने दुई वर्षपछि हुन लागेको उक्त अटो एक्स्पोमा प्रडक्सन मोडल सार्वजनिक गर्ने तयारी भइरहेको बाइकवालेले दाबी गरेको हो ।
निकै प्रिमियम फिचरको साथ आउने उक्त मोटरसाइकलले भारतीय बजारमा निकै राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । कम्पनीले दुबै चक्कामा डिस्क ब्रेक र डिउल च्यानल एबीएस सहित बजारमा उतार्ने तयारी गरेको यस बाइकले यामाहा आर १५ भी३ सँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
यसमा दिइएको १५० सीसी सिंगल सिलिन्डर, लिक्वड कुल्ड इन्जिनले उच्चतम पावर १० हजार आरपीएममा १८ पीएस र ७५०० आरपीएममा १४ एनएम टर्क उत्पादन गर्छ ।

