काठमाडौं । दीपलको चर्चित एसयूभी एस ०५ खरिद गर्दा डेढ लाख रुपैयाँ छुट पाइने भएको छ ।
नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकपले नाडा अटो शो २०२६ को अवसरमा दीपल एस०५ म्याक्स भेरियन्टमा विशेष छुट दिएको हो ।
कम्पनीका अनुसार यसअघि ६२ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको दीपल एस ०५ म्याक्स नाडामा ६१ लाख ४९ हजार रुपैयाँमै किन्न पाउने छन् ।
यो विशेष अफर नाडा अटो शोको अवधि भर मात्र लागू हुने कम्पनीले जनाएको छ ।
नेपालमा सार्वजनिक भएदेखि नै दीपल एस०५ ले प्रिमियम विद्युतीय सवारी बजारमा बलियो उपस्थिति जनाउँदै आएको छ । यसको विशिष्ट डिजाइन, परिष्कृत इन्टेरियर, इन्टेलिजेन्ट फिचर तथा आरामदायी ड्राइभिङ अनुभवले आधुनिक लक्जरी ईभी खोज्ने ग्राहकहरूमाझ यसलाई रोजाइको मोडल बनाएको छ।
दीपल एस०५ म्याक्सले लक्जरी, स्टाइल र इन्टेलिजेन्ट टेक्नोलोजीको उत्कृष्ट सन्तुलन प्रस्तुत गर्छ। यसको आकर्षक बाहिरी डिजाइनमा सफा र भविष्यवादी प्रोफाइल तथा फ्रेमलेस ढोकाहरू समावेश छन्। त्यस्तै, यसको प्रिमियम क्याबिनले प्रत्येक यात्रालाई आरामदायी र परिष्कृत बनाउँछ।
रिमोट स्मार्ट इन्ट्रयाक्सन अर्बिट (आरएसआईओ), एआर हेड–अप डिस्प्ले र इन्टेलिजेन्ट क्विन को–पाइलट सिटजस्ता अत्याधुनिक प्रविधिले दैनिक ड्राइभिङलाई अझ सुविधाजनक, सहज र आनन्ददायी बनाउँछन्। यी विशेषताहरूको संयोजनले एस०५ म्याक्सलाई प्रिमियम आराम, आकर्षक व्यक्तित्व र प्रविधिमैत्री चरित्र भएको विशिष्ट इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित गरेको छ।
नाडा अटो शोका लागि घोषणा गरिएको विशेष मूल्यले प्रिमियम इलेक्ट्रीक एसयूभीमा अपग्रेड गर्न चाहने ग्राहकका लागि दीपल एस०५ म्याक्सलाई अझ आकर्षक विकल्प बनाएको छ। लक्जरी, इन्टेलिजेन्ट टेक्नोलोजी, विशिष्ट डिजाइन र दैनिक प्रयोगमा आवश्यक व्यावहारिकताको संयोजनसहित एस०५ म्याक्सले नेपालको तीव्र रूपमा विस्तार भइरहेको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गरिरहेको छ।


