काठमाडौं । गत बुधबार नेपाली बजारमा सार्वजनिक गरिएको नामी भिगो ई२ ले सार्वजनिक भएको छोटो समयमै नेपाली उपभोक्ताबाट उत्साहजनक प्रतिक्रिया र उच्च माग प्राप्त गरेको भन्दै एमएडब्लू वृद्धिले दिएको विशेष अफर समाप्त भएको घोषणा गरेको छ ।
कम्पनीले एक विज्ञप्ती जारी गर्दै सबै ग्राहकलाई धन्यवाद भन्दै लेखेको छ, आधुनिक डिजाइन, आकर्षक फिचर, प्रिमियम अनुभव र प्रतिस्पर्धी मूल्यका कारण भिगो ई२ प्रति उपभोक्ताको आकर्षणमा पर्न सफल भयो । हामी हाम्रा ग्राहकप्रति आभार व्यक्त गर्न चाहन्छौं ।
यसअघि नेपाली बजारमा उपलब्ध नामी ई२ प्लसमा रहेका लोकप्रिय फिचरहरूलाई निरन्तरता दिँदै थप परिष्कृत गर्दै मुनरुफ हटाएर आएको भिगो ई२ ले आफ्नो सेग्मेन्टमा थप आकर्षण सिर्जना गर्न सफल भएको थियो । देशभरका शोरुमहरुमा बुकिङको पनि ठूलो चाप रहेको कम्पनीले उल्लेख गरेको छ ।
सीमित अवधिका लागि ल्याइएको विशेष अफर र नयाँ मोडलले ग्राहकलाई भिगो ई२ खरिदका लागि थप आकर्षित गरेको देखियो । जसले चाडपर्वमा बिक्री गर्न सकिने संख्याभन्दा धेरै बुकिङ ६ दिनमै प्राप्त भएको कम्पनीले जनाएको छ ।
छोटो समयमै प्राप्त अत्यधिक माग तथा रेकर्ड बुकिङका कारण भिगोमा प्राप्त २ लाख रुपैयाँको विशेष अफर समाप्त भएको र नयाँ बुकिङ गर्नेले ३७ लाख ९९ हजार रुपैयाँ तिर्नु पर्ने भएको कम्पनीको भनाइ छ ।
स्किम सकिएको विषयमा एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्तले भने, ‘सीमित अवधिका लागि घोषणा गरिएको विशेष अफरलाई उच्च मागका कारण नाडा अटो शो २०२६को पहिलो दिनमै समाप्त गर्नुपर्यो ।’


