काठमाडौं । इलेक्ट्रीक कारको बिक्री वितरणमा बढोत्तरी भएसँगै नेपाली बजारमा बिभिन्न किसिमका इलेक्ट्रीक कारहरु नेपाल आउन थालेका छन् । त्यसमा पनि चिनियाँ उत्पादनहरुको आयात ह्वातै बढेको छ ।
पछिल्लो समय दाय ब्रान्डका इलेक्ट्रीक गाडी बिक्री वितरण गर्दै आएको दिगो ग्रुपले दायका उत्पादन बन्द गरेर इ८ नामक इलेक्ट्रीक गाडी नेपाली बजारमा ल्याएको हो ।
नयाँ कार इ८मा ७.५ किलोवाटको एसी मोटर जडान गरिएको छ । साथै, कारमा १४.६ किलोवाटको लिथिएम आयन फस्फोरस व्याट्री दिइएको छ । गाडीको अधिकतम पावर १५ किलोवाट रहेको छ भने अधिकतम टर्क १८० एनएम र उच्चगति ६० देखि ७० किलोमिटर रहेको कम्पनीको दाबी छ ।
रियर ह्वील, अटोमेटिक ड्राइभ अप्सनमा उपलब्ध यो कारले एकपटकको फुलचार्जमा २०० किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ ।
१६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा पावर स्टेरिङ, डिस्क र ड्रम ब्रेक जस्ता फिचर समाबेस गरिएको छ । स्टायडर्ड र इकोनोमिक ड्राइभिङ मोड रहेको उक्त गाडीमा इलेक्ट्रोनिक्स ब्रेकिङ ओआरभीएम, हिल एसिस्ट कन्ट्रोल, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, एसी, हिटर, पावर विन्डो, रिमोट अन्लक, व्याट्री म्यानेजमेन्ट सिस्टम, फगल्याम्प जस्ता प्रिमियम फिचर रहेको छ ।

त्यसैगरी, सुरक्षा फिरचको रपमा उच्च जोखिम बहन गर्न सक्ने बडी, अगाडिको चालक र यात्रुलाई सिट वेल्ट, लो व्याट्री वार्निङ जस्ता फिचर रहेका छन् ।
गाडीमा यात्रा गर्दा मनोरञ्जन र सुचना प्रदान गर्न मल्टीमिडिया एचडी टचस्कृन, ब्ल्यूटुथ कनेक्सन, रिभर्स पार्किङ क्यामेरा जस्ता फिचर उपलब्ध रहेको छ ।
कारको लम्बाई ३६१० एमएम, चौडाई १५७० एमएम र उचाई १४९० एमएम रहेको छ । साथै ह्वील वेस २३४५ एमएम रहेको कारको कुल तौल ८५० केजी रहेको छ ।
पाँच जनाले आरामदायी यात्रा गर्न सकिने यो कारको मूल्य १८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । दशैं–तिहार र छठको अवसरमा यो गाडी किन्ने ग्राहकले १ लाख रुपैयाँ नगद छुट पाउने कम्पनीले जनाएको छ ।


