टीभीएसले ल्यायो स्पोर्टी इलेक्ट्रीक स्कुटर, मूल्य २ लाख ५० हजार

काठमाडौं । टीभीएस मोटर्सले आफ्नो दोस्रो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले सिरोनमा आधारीत ‘टीभीएस एक्स’ सार्वजनिक गरेको हो ।

टीभीएसले प्रिमियम सेग्मेन्टमा टीभीएस एक्स सार्वजनिक गरेको हो ।

कम्पनीले बुधबार राति संयुक्त अरब इमिरेट्सको दुबईस्थित बुर्ज खलिफा टावरमा आयोजित एक कार्यक्रममा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।

यो स्कुटरमा टिल्ट गर्न मिल्ने १२.२ इन्चको टीएफटी डिसप्ले दिइएको छ । यसका अलावा यसमा क्रुज कन्ट्रोल, रिर्भस असिस्टेन्स, स्मार्ट कनेक्ट फिचर, लाइभ भिडियो स्ट्रीमिङ, अन वोर्ड गेम, वेब ब्राउजर, लाइभ लोकेशन सेयरिङ, कि–लेस, एलईडी हेडलाइट, एन्टिथेफ्ट अर्लाम जस्ता फिचर दिइएको छ ।


टीभीएस एक्समा ११ किलोवाट पावर क्षमताको मोटर दिइएको छ । यो स्कुटर ०-४० किलोमिटर मात्र २.६ सेकेन्डमा पूरा गर्छ । यसको टप स्पीड १०५ किलोमिटर प्रतिघण्टाको रहेको छ ।

यो स्कुटरमा ४.४४ किलोवाट आवरको ब्याट्री दिएको छ । यो ब्याट्रीलाई एक पटक फुलचार्ज गरेर १४० किलोमिटरसम्म गुडाउन सकिन्छ भने यसमा ब्याट्री रिजेनेरेशन सिस्टम समेत उपलब्ध छ । फास्ट चार्जिङ सुविधा पाउन सकिन्छ ।

टीभीएसले यो स्कुटरको मूल्य २ लाख ५० हजार एक्स शोरुम (बैंगलोर) निर्धारण गरेको छ । आजदेखि यो स्कुटर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

यो स्कुटरले ओला एस १ प्रो तथा एथर ४५० एक्ससँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top