अधिकांश मोटरसाइकल कम्पनीको बिक्री घट्यो, यस्तो छ कारण

भारतीय बजारमा अप्रिलमा दुईपांग्रे सवारीको बिक्री १६ प्रतिशतले कमी आएको छ । सबैजसो दुईपांग्रे सावरीको बिक्री गिरावट आएको तथ्यांक सार्वजनिक भएको छ । सवारी बिक्रीमा कमी आउनुको मुख्य कारण भारतमा जारी लोकसभा चुनाव लाई मानिएको छ ।

दुईपांग्रे सवारी मात्र होइन प्यासेन्जर कार सहित सबै सवारीको बिक्री घटेको छ । भारतमा हुने हरेक आम चुनावको वर्ष अटोमोबाइल क्षेत्रले क्षती बेहोर्ने गरेको छ ।

भारतको सबैभन्दा धेरै दुईपांग्रे सवारी बिक्रेता हिरोले २०१९ को अप्रिलमा ५ लाख ६७ हजार ९ सय ३२ वटा मोटरसाइकल÷स्कुटर बिक्री गरेको छ । गत वर्षको सोही अवधिमा हिरोले ६ लाख ७७ हजार ७ सय ९२ मोटरसाइकल बिक्री भएको थियो । हिरोको बिक्री अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले गिरावट आएको हो ।

भारतको दोस्रो धेरै मोटरसाइकल बिक्री गर्ने होन्डाले ०१९ अप्रिलमा ४ लाख ३२ हजार ७ सय ६७ वटा बिक्री गरेको छ जबकी गत वर्ष होन्डाले ६ लाख ३५ हाजर ८ सय २४ वटा मोटरसाइकल बिक्री गरेको थियो । गत वर्षको तुलनामा होन्डाको मोटरसाइकल बिक्री ३१.९ प्रतिशतले कमी आउको हो ।

त्इस्तै तेस्रो धेरै मोटरसाइकल बिक्री गर्ने टीभीएसको भने गत वर्षको तुलनामा बिक्री २.८ प्रतिशतले बढेको छ । ०१८ को अप्रिलमा २ लाख ४१ हजार ६ सय ४ वटा मोटरसाइल बिक्री गरेको टीभीएसले यो वर्ष २ लाख ४८ हजार ४ सय ५६ वटा मोटरसाइकल बिक्री गरेको तथ्यांक छ ।

चौथो स्थानमा रहेको बजाज अटोले ०१८ को अप्रिलमा २ लाख ७ सय ४२ मोटरसाइकल बिक्री गरेकोमा यो वर्ष २.६ प्रतिशतले बिक्री बढाउँदै २ लाख ५ हजार ८ सय ७५ वटा पुर्याएको छ । बजाजलाई पक्ष्याएको यामाहाले ०१९ को अप्रिलमा ६० हजार ७ सय ८१ वटा मोटरसाइकल बिक्री गरेको हो । गत वर्षको तुलनामा यो १० प्रतिशलते कमी हो ।

यामाहा पछि छैटौं स्थानमा रोयल इनफिल्ड रहेको छ । ०१९ को अप्रिलमा रोयल इनफिल्डका ५९ हजार १ सय ३७ वटा मोटरसाइकल बिक्री भएको छ । यो अघिल्लो वर्षको तुलनामा २०.८ प्रतिशतले कम हो । सातौ स्थानमा रहेको सुजुकीले ०१९ अप्रिलमा ५७ हजार ५३ वटा मोटरसाइकल बिक्री गर्न सफल भएको छ  सुजुकीको मोटरसाइकल बिक्री गत वर्षको तुलनामा ९.२ प्रतिशतले वृद्धि भएको छ ।

आठौं स्थानमा पियाजियो, नवौं स्थानमा हार्ले डेभिडसन र दशौं स्थानमा कावासाकी रहेको छ । यी कम्पनीले ०१९ अप्रिलमा क्रमशः ५ हजार ८ सय ८०, २ सय ७५ र १ सय ६३ वटा मोटरसाइकल बिक्री गरेका हुन् ।


Back_to_top