पोखरामा टाटाको कार मेला

काठमाडौं । टाटा मोटर्सको नेपालका लागी आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले र आफ्नो आधिकारीक बिक्रेता दिप मोटर्स प्रालिको सहकार्यमा गत वर्ष झै यस वर्ष पनि देशका बिभिन्न स्थानमा गर्दे आएको कार मेला यही जेष्ठ ४ र ५ गते पर्यटकीय तथा रमणीय शहर पोखरामा आयोजना गर्ने भएको छ ।

बिहान ११ बजे देखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार मेला सिप्रदी टे«डिङ्गको कार्यालय बुद्ध चोक पोखरामा आयोजना हुने आयोजकले जनाएको छ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट  बिभिन्न गाडी किन बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् । मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई टाटाका नयाँ गाडीसँग साट्न सक्नेछन् । यस मेलामा ग्राहकहरुले मेलामा सहज रुपमा फाइनान्स सुबिधका साथै  पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्सचेन्ज बोनस जस्ता सेवा तथा सुविधाहरु पाउने आयोजकले जनाएको छ । पर्यटकीय तथा रमणीयशहर पोखरामा दोस्रो संस्करण रहेकोछ । यो मेला २ दिनसम्म चल्नेछ ।


Back_to_top