पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलीयम  पदार्थको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको आयल निगमले जनाएको छ । 

यो दर शुक्रबार (आज) राति १२ बजेदेखि लागू हुने आयल निगमले जनाएको छ । 

मूल्य घटेसँगै अब काठमाडौंमा पेट्रोलको १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टीतेल ९७ रुपैयाँ पर्ने छ ।

इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको हाे । निगमका अनुसार, यो समायोजन पश्चात भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सिमा मूल्यमा पेट्रोलमा १५ रुपैयाँ ६७ पैसा प्रति लिटर र डिजेल  १६ रुपैयाँ ६४ पैसा  प्रति लिटरले नेपाल तर्फ सस्तो  हुन पुगेको छ ।


Back_to_top