काठमाडौं । चर्चिच भारतीय इलेक्ट्रीक मोटरसाइकल अल्ट्राभाइलेट एफ ७७ को डेलिभरी सुरु भएको छ । अल्ट्राभाइलेट अटोमोटिभ कम्पनीले ‘एफ–७७’ इलेक्ट्रीक स्पोर्टस् बाइकको डेलिभरी सुरु गरेको हो ।
बहुप्रतिक्षित इलेक्ट्रीक मोटरसाइकल एफ ७७ को भारतीय बजारमा डेलिभरी सुरु गरिएको हो ।
कम्पनीले ३ भेरियन्टमा एफ ७७ सार्वजनिक गरेको हो भने, यसको सुरूवाती मूल्य ३ लाख ८० हजार भारुदेखि ४ लाख ५५ हजार भारु मूल्य निर्धारण गरेको छ ।
कम्पनीले स्याडो, एयरस्ट्राइक र लेजर गरी तीन भेरियन्टमा एफ ७७ ल्याएको हो ।
कम्पनीले अल्ट्राभाइलेट एफ ७७ को स्पेशल एडिशन मोटरसाइकल ७७ यूनिट मात्र उत्पादन तथा विक्री गर्ने जनाएको छ ।
कम्पनीले यसको डिजाइन जेट फाइटरबाट इन्स्पायर भएर निर्माण गरिएको जनाएको छ । कम्पनीका अनुुसार यो मोटरसाइकलमा कुनै पनि ‘नट बल्ट’ बाहिरबाट देख्न पाइने छैन । कम्पनीले यसको डिजाइनलाई एकदमै क्लिन राखेको छ ।

यसमा २५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको कम्पनीले जनाएको छ । यो भनेको यसको अधिकतम पावर ४०.२ बीएच पावर हो । यसको टर्क भने १०० एनएम रहेको छ । यो मोटरसाइकल ० देखि ६० को स्पीड मात्र २.८ सेकेन्डमा पूरा गर्छ । यो मोटरसाइकलको टप स्पीड १४७ किलोमिटर प्रतिघण्टा रहेको छ ।
यो मोटरसाइकलमा तीन राइड मोड दिइएको छ जसमा ग्लाइड, कमब्याट र ब्यालिस्टिक रहेको छ । कम्पनीले यसमा १०.५ किलोवाट क्षमताको ब्याट्री दिइको छ । यो ब्याट्री प्याकलाई फास्ट चार्जरले १.५ घण्टा र एसी चार्जरले ५ घन्टामा फुलचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
एक पटक फुलचार्ज गरेर ३०७ किलोमिटरसम्म चलाउने सकिने कम्पनीको दाबी छ । यो ब्याट्री दुईपाँग्रेमा प्रयोग भएको मध्ये सबैभन्दा पावरफुल भएको कम्पनीको दावी छ ।
यो मोटरसाइकलमा एडजष्टएबल यूएसडी फर्क, मोनोशक, डबल डिस्क ब्रेक, डबल च्यानल एबीएस जस्ता फिचर उपलब्ध छ ।

