चर्को मूल्य तिरेर किन्ने तर खासै प्रयोग नहुने कारका ५ फिचर

काठमाडौं । आधुनिक कारहरुमा नयाँ नयाँ फिचर आइरहेका हुन्छ् । ती सबै फिचर एकसाथ प्रयोग गर्न सकिन्छ भन्ने हुँदैन ।

अटोमोवाइल कम्पनीहरुले आफ्ना प्रोडक्टहरुलाई फरक देखाउन र युवा ग्राहकलाई आकर्षित गर्न नयाँ फिचरहरु बनाइरहेका हुन्छन् । हरेक फिचर तयार गर्न कम्पनीहरुले ठूलै रकम लगानी गर्छन् । त्यसैले त्यसको लागत कारमा जोडिन्छ र कारको मूल्य महंगो बन्छ ।

मूल्य महंगो बनाएर आएपनि नियमित प्रयोग गर्न नमिल्ने धेरै फिचर छन् । यद्यपि, अटोमोवाइल कम्पनीहरुले यस्ता फिचरहरुलाई निकै हाइलाइट गरेर विज्ञापन गरिरहेका हुन्छन् ।

नयाँ फिचर भएर पनि सधैँ प्रयोग हुने ३६० डिग्री क्यामेरा, एयर प्यूरीफायर, पावर सिट, वायरलेस फोन चार्जर हुन् । तर, हामीले यहाँ चर्चा गर्न लागेको मूल्य धेरै पर्ने तर, कम प्रयोगमा आउने अन्य ५ फिचर हुन् ।

सनरुफ

सनरुफ अहिले बजारमा आउने एसयूभीहरुमा हुने लोकप्रिय फिचर हो । यूरोपका धेरै देशमा निकै जाडो हुने भएकाले गाडीको क्याविनमा नै घाम आओस् भनेर सनरुफको विकास भएको हो ।

घामसँगै माथिल्लो भागबाट बाहिरी हावा भित्र छिराउन पनि यसको प्रयोग हुने गरेको छ । तर, नेपालमा खासै जाडो पनि नहुने र सडक छेउछाउ वाहिरी हावा पनि स्वच्छ नहुने भएकाले सनरुफको प्रयोग धेरै हुँदैन ।

अटोमेटीक हेडलाइट

कुनै समय लग्जरी कारहरुमा हुने अटोमेटीक हेडलाइट अहिले औषत कारहरुमा पाइन्छ । यो प्रविधिमा बाहिरी प्रकाशको मापन सेन्सर गर्ने र सेन्सरकै सहायताले हेडलाइट आफैँ अन हुन्छ ।

चालकलाई सुविधा अटोमेटीक हेडलाइट राम्रै उज्यालोमा आफैँ बल्ने भएको कारण धेरैले म्यानुअल नै चलाउने गरेको पाइन्छ । आवश्यक पर्दा बाल्न धेरै समय नलाग्ने भएको कारण पनि हेडलाइट धेरैजसो चालकले म्यानुअल नै चलाउने गर्छन् ।

रेन सेन्सिङ वाइपर

रेन सेन्सिङ वाइपर अर्थात् अटोमेटीक वाइपर पनि खासै उपयोगी फिचर होइन । जव अगाडिको विण्डसिलमा पानी पर्छ, तव आफैँ वाइपर चल्ने प्रविधि नै रेन सेन्सिङ वाइपर हो ।

आफ्नो आँखा अगाडिको विण्डसिलमा पानी परेको देखिने भएकोले वाइपर चालु गर्न अटोमेटीक प्रविधि जरुरी हुन्छ भन्ने हुँदैन । चालकले एक क्लीक मै वाइपर चलाउन सक्ने भएकोले पनि यसलाई उपयोगी फिचर मानिदैन ।

जेस्चर कन्ट्रोल
जेस्चर कन्ट्रोल हातको इसाराले गाडीमा रहेका फिचर चलाउने प्रविधि हो । चालकको नजर सडकमा हुनु अत्यावश्यक भएकाले जेस्चर कन्ट्रोल फिचर प्रयोग गर्दा दुर्घटना हुने सम्भावना हुन्छ । त्यसकारण जेस्चर कन्ट्रोलको सट्टा बटम प्रयोग गर्नु नै राम्रो मानिन्छ ।

भ्वाइस कमाण्ड

अहिलेका गाडीमा हाइलाइट गरिने अर्को फिचर भ्वाइस कमाण्ड पनि हो । गाडीको केहि फिचर चालकले आवजबाटै संचालन गर्न सकिनने यो प्रविधि कसैलाई देखाउनकै लागि मात्र उपयोगी छ ।

वायरलेस कमान्डमा अंग्रेजी वा अन्य विदेशी भाषा प्रयोग गर्नु पर्ने भएकोले हाम्रो मातृ भाषाहरु यस्ता गाडीको लागि खासै उपयोगी छैनन् ।


Back_to_top