अटो फ्याक्टस्ः तथ्यांकमा सवारीसाधन आयात, कुन देशबाट कति ?

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको नौ महिनामा ५० अर्ब ५१ करोड ७२ लाख ७० हजार रुपैयाँ बराबरको सवारीसाधन आयात गरेको छ । आर्थिक वर्ष २०७४/७५ को नौ महिनामा भारत, चिन, जापान, थाइल्यान्ड, दक्षिण कोरिया र अन्य केही देशबाट शो मूल्य बराकरको सवारी  आयात भएको भन्सार बिभागको तथ्यांकले देखाएको छ । 

चालु आर्थिक वर्षमा सबैभन्दा भारतबाट ४५ अर्ब ६३ लाखको सवारी साधन आयात हुँदा चीनबाट १ अर्ब ५८ करोड रुपैयाँ मूल्य बराबरको सवारी साधन आयात भएको छ । 

यो पनी पढ्नुस्ः अटो-फ्याक्ट्सः ५० अर्बको आयातमा ५२ अर्ब भन्सार कर, कुन सेग्मेन्टबाट कति उठ्यो ?

त्यसैगरि जापानबाट १ अर्ब १७ करोड, थाइल्यान्डबाट ६६ करोड ३९ लाख दक्षिण कोरियाबाट २८ करोड ९३ लाख बराबरको सवारीसाधन आयात भएका छन् । 

यी बाहेक अन्य मुलुकबाट ६७ करोड २७ लाख रुपैयाँ बरबरको सवारीसाधन आयात भएको भन्सार बिभागको तथ्यांकले देखाएको छ । 

यस्तो छ बिगत ५ बर्षको आयात

पछिल्ला ५ बर्षको आँकड हेर्दा आर्थिक बर्ष २०७३/७४ मा सबैभन्दा धेरै सवारी साधन आयत भएको देखिन्छ । यो आर्थिक वर्षमा ६४ अर्ब ३७ करोड रुपैँयाँको सवारीसाधन आयात गरिएको थियो । 

आर्थिक वर्ष २०७२/७३ मा ४८ अर्ब ८९ करोड रुपैयाँ बरबरको सवारीसाधन आयात भएको थियो भने २०७१/७२ मा ३७ अर्ब ७३ करोडको सवारी साधन ल्याइएको थियो । 

त्यस्तै आर्थिक वर्ष २०७०/२०७१ मा ३२ अर्ब ४० करोडको आयात भएकोमा आर्थिक बर्ष २०६९/७० मा २५ अर्ब १८ करोड मूल्य बराबरको सवारीसाधन आयात भएको थियो । 

यो स्तम्भ फ्याक्ट्स नेपाल र मेरोअटो डटकमको सहकार्यमा तयार परिएको हो । हरेक बुधबार मेरोअटोमा प्रकाशन हुने छ ।


Back_to_top