‘ड्यूटी २३०’ले बुलेटलाई टक्कर दिने, मूल्य र विवरण सहित

काठमाडाैं । अमेरिकी मोटरसाइकिल निर्माता यूएम मोटरसाइकल्सले भारतमा ड्यूटी २३० बाइक लन्च गर्दैछ। यसलाई सेप्टेम्बरबाट बजारमा उपलब्द गरिने छ ।  यो बाइक २०१८ को अटोएक्सपोमा पहिलो पटक पदर्शन गरिएको थियो । भारतीय बजारमा, यो बाइकले रोयल एनफील्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा गर्नेछ।

यूएम ड्यूटी कम्पनीको भारतमा इन्टी मोडेल हुनेछ र यसको मूल्य भारतमा १ लाख १० हजार हुनेछ भने ड्यूटी एस मोडलको भने १ लाख ३० हजार पर्नेछ ।

यूएम ड्यूटी २३० को स्पेसिफिकेशन तथा फिचर

यूएम ड्यूटी २३० बाइकमा २३० सीसी इन्जिन रहेको छ, जसले १८ बिएचपीको पावर उत्पन्न गर्छ। यसको बनावट रिनेगेड सीरीज भन्दा धेरै फरक हुनेछ। यद्यपि डिजाइन भने रोयल एनफील्ड थन्डरबर्ड जस्तै देखिएको छ।  राउन्डआकार हेडलिम्प्स, स्लिम फ्युलट्याङ्क, चौडा ह्यान्डल र डाउन पोजीसन गरिएको रार्इडर सीटह र  सिंगल पोइन्ट इंस्ट्रूमेंट क्लस्टर आदि एसका विशेषताहरू रहेका छन् । अन्य सुविधाहरूमा बाइकको कम्फर्टेवल सीट, कम्पैक्ट टेललाइट, ठूलो टायर तथा स्पोर्टी हुर्इल साथै डिस्क ब्रेक आदि रहेको छ । 

नेपालका कहिले ?

नेपालको लागि यूएम बार्इकको आधिकारीक बिक्रेता आईएमई अटोमोटीभका अनुशार यो मोडल कहीले उपलब्द हुने नीधोभईसकेको छैन । कम्पनीले स्याम्पल पठाएमा आउदो नाडा अटोसोमा यो बाईक हेर्न सकिनेछ । 


Back_to_top