हुन्डाई भेन्यूले पायो क्र्यास टेस्टमा ५ स्टार रेटिङ

काठमाडौं । भारतमा उत्पादन भएको हुन्डाई भेन्यूले क्र्यास टेस्टमा फाइभ स्टार रेटिङ पाएको छ । भारत एनक्यापले गरेको क्र्यास टेस्टमा नयाँ जेनेरेशन भेन्यूले फाइभ स्टार रेटिङ पाएको हो ।

हुन्डाई भेन्यूले एडल्ट प्यासेन्जर र चाइल्ड प्यासेन्जर दुबैको सुरक्षामा उत्कृष्ट अंक हासिल गरेको छ । भेन्यूले एडल्ट प्यासेन्जको सुरक्षामा ३२ अंक मध्ये ३१.१५ अंक पाएको हो ।

त्यसैगरी चाइल्ड यात्रु सुरक्षामा ४९ अंक मध्ये ४४.४६ अंक प्राप्त गर्दै समग्रमा फाइभ स्टार रेटिङ पाउन सफल भएको छ । कम्पनीले परीक्षणमा उतारेको ‘एचएक्स टु’ डिजेल भेरियन्ट र ‘एचएक्स-१०’ भेरियन्ट दुबैले उच्च स्कोर पाउन सफल भएको छ ।

हुन्डाई मोटर्सले भेन्यूमा अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल, फ्रन्ट पार्किङ सेन्सर, ६ एयरब्याग, सबै चक्कामा डिस्क ब्रेक दिइएको छ । कम्पनीले यसमा टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी मेनेजमेन्ट सिस्टम जस्ता फिचर छन् ।

यस बाहेक ३६० डिग्री क्यामेराले पनि गाडी चलाउन निकै ठूलो सहयोग गर्नेछ । एडास भित्र लेन फलोइङ एसिस्ट, लेन किप एसिस्ट, लेन डिपार्चर वार्निङ, फरवार्ड कोलिजन अभोइडेन्स एसिस्ट, स्मार्ट क्रुजकन्ट्रोल, हाइबिम एसिस्ट, लिडिङ भेहिकल डिपार्चर अलर्ट लगायतका १६ फिचर छन् ।

‘एडास लेभल टु’को प्रयोगले गाडीले धेरै विषय जानकारी गराउने नै भयो । हुन्डाईले नयाँ जेनेरेशन भेन्यूमा ट्रयाक्सन कन्ट्रोल उपलब्ध छ । जसको सहयोगले स्यान्ड, मड र स्नो मोड पाउन सकिन्छ ।

ईभीमा जस्तै ड्राइभिङ मोड पनि भेन्यूमा उपलब्ध हुनेछ । यसमा कम्पनीले ईभीकै जस्तो ईको, नर्मल र स्पोर्टस् मोड दिएको छ । सडकको अवस्था अनुसार मोड छानेर चलाउँदा फरक किसिमको ‘ड्राइभिङ फन’ पाउन सकिन्छ ।


Back_to_top