भेष्पाका दुई नयाँ स्पेसल एडिसन सार्वजनिक

काठमाडौं । इटालियन प्रिमियम ब्राण्ड भेष्पाले भारतमा दुई नयाँ स्पेसल एडिसन स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले १२५ सीसी र १५० सीसी सेग्मेन्टमा दुई नयाँ स्पेसल एडिसनको स्कुटर लन्च गरेको हो ।

कम्पनीले आफ्नो ८० औं वार्षिकोत्सवको अवसरमा भारतमा भेष्पा टेक ८० नामक नयाँ स्कुटर विशेष संस्करणका रूपमा उपलब्ध गराएको हो । हाल कम्पनीले लन्च मात्रै गरेको छ । यसको मूल्य भने खुलाइएको छैन ।

सीमित संख्यामा उपलब्ध हुने यो मोडलले १९४६ को पहिलो भेष्पा मोडललाई स्मरण गराउने कम्पनीले बताएको छ । यो वार्षिकोत्सव एडिसन १२५ र १५० दुवै भेरियन्टमा उपलब्ध हुनेछ । जसमा प्रारम्भिक भेष्पा मोडलबाट प्रेरित क्लासिक डिजाइनसँगै हालको

यो स्पेसल एडिसनको मुख्य आकर्षण यसको अनौठो ‘भर्ड पास्टिलो’ हरियो रङ डिजाइन हो । जुन १९४० दशकका प्रारम्भिक भेष्पा कलरबाट प्रेरित छ । यो पेन्ट फिनिस बडी प्यानल, मिरर, ग्राब ह्याण्डल र सस्पेन्सनका केही भागसम्म फैलिएको छ ।

डिजाइन निकै सफा र मिनिमल राखिएको छ । जहाँ गाढा हरियो टोन अन टोन एलिमेन्टहरू सीट, ग्रिप्स र फुटबोर्ड इन्सर्टमा देखिन्छन् र कन्ट्रास्ट स्टिचिङ भएको सीटले प्रिमियम टच थपेको छ ।

स्कुटरमा विशेष डिजाइनको अलोय ह्वील पनि सोही हरियो कलरमा फिनिस गरिएका छ । जसमा डाइमण्ड कट इफेक्ट समेत दिइएको छ । समग्र लुकले पुरानो भेष्पा स्टाइललाई आधुनिक टचसँग जोडेको देखिन्छ ।

साथै, ८० वर्ष पूरा भएको अवसरमा स्कुटरमा विशेष ब्याजिङ पनि दिइएको छ । अगाडिको एप्रोनमा क्लासिक भेष्पा लोगोका साथ ‘८०’ लेखिएको छ भने पछाडि ‘८० वर्ष अफ भेष्पा इएसटी १९४६’ लेखिएको छ । ओभरअल डिजाइनले नयाँ भेष्पालाई साधारण मोडलभन्दा निकै अलग र विशेष बनाएको छ ।

हाल बिक्री भइरहेको भेष्पा १२५ र १५० कै उही मेकानिकल सेटअप प्रयोग गरिएको छ । त्यसैले इन्जिन, परफर्मेन्स र हार्डवेयरमा खास परिवर्तन हुने छैन ।

यस संस्करणको फोकस मेकानिकल अपग्रेडभन्दा बढी डिजाइन, एक्सक्लुसिभिटी र हेरिटेज मा मात्रै केन्द्रित छ । भेष्पाले २०२६ मा आफ्नो ८० वर्ष पूरा गर्दैछ । जुन यसको विश्वव्यापी यात्राको महत्वपूर्ण माइलस्टोन हो । १९४६ देखि भेष्पाले १६० भन्दा बढी मोडल निर्माण गरिसकेको छ ।

यस अवसरमा भेष्पाले २०२६ जुन २५ देखि २८ सम्म रोममा विश्वव्यापी भेष्पा कार्यक्रम पनि आयोजना गर्दैछ । जहाँ विश्वभरका भेष्पा ओनर र उत्साहीहरू सहभागी हुन सक्ने छन् ।


Back_to_top