सुजुकीको मोटरसाइकल र स्कुटरमा अफरै अफर

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटर किन्दा ब्याज नलाग्ने स्कीम सार्वजनिक भएको छ । कम्पनीले एक्सचेन्ज, नगद छुट तथा ब्याज नलाग्ने जस्ता योजनासहितको स्कीम सार्वजनिक गरेको हो ।

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता भीजी अटोमोवाइलले ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकलाई ब्याज नलाग्ने स्कीम ल्याएको हो ।

५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले १ वर्षको अवधिमा बाँकी रकम बुझाउँदा ब्याज नलाग्ने कम्पनीले जनाएको छ ।

यसै स्कीम अन्तर्गत ग्राहकले १० हजारसम्म नगद छुट, एक वर्षको रोड ट्याक्स, एसेसोरिज निःशुल्क प्राप्त गर्नेछन् ।

त्यस्तैगरी, यो स्कीममा ग्राहकले आफुसँग भएको कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल तथा स्कुटरसँग सुजुकीको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । एक्सचेन्जमा १० हजार रुपैयाँ अतिरिक्त मूल्यांकन दिने कम्पनीले जनकारी दिएको छ ।

यो स्कीम नेपालभर रहेको सुजुकीको आधिकारिक शाेरुममा उपलब्ध रहेको छ भने सिमित अवधिका लागि मात्र यो स्कीम संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।


Back_to_top