टेस्लाका कार डुङ्गाको रुपमा प्रयोग गर्न सकिने (भिडियोसहित)

एजेन्सी । अमेरिकी इलेक्ट्रीक भेहिकल निर्माता कम्पनी टेस्लाका उत्पादनलाई छोटो समय डुङ्गाको रुपमा प्रयोग गर्न सक्ने देखिएको छ । कम्पनीका सीईओ इलन मस्कले सन् २०२० मा एक एउटा भिडियो सार्वजनिक गर्दै टेस्लाका कार छोटो समयका लागि ढुङ्गाको रुपमा प्रयोग गर्न सकिने बताएका थिए ।

विश्वभर करोडौं मानिसले पच्छाएका र टेस्लाका मालिकले नै छोटो सयम डुङ्गाको रुपमा प्रयोग गर्न सक्ने बताएपछि त्यसलाई प्रयोगमा ल्याउने इच्छा हुने नै भयो ।

इलन मस्कको उक्त कथनलाई अहिले वेलायतको नटिङघमसायरका टेस्ला चालकले प्रयोग गरेर हेर्न थालेका छन् । नटिङघमशायरको रफोर्ट फोर्टमा रहेको एउटा वाटरपास अहिले टेस्ला चालकको जमघटको थलो बनेको छ । वर्षातको समयमा यो वाटरपासमा निकै पानी जमेको हुन्छ ।

पानी जमेको सडक अहिले टेस्लाका चालकलाई पर्यटकीय गन्तब्यको रुपमा विकास भएको छ । उक्त सडकमा जमेको पानीलाई छिचोल्दै आफ्नो टेस्ला कार पार गराउने एक फेसन बनेको हो ।

टेस्ला प्योर व्याट्री इलेक्ट्रीक कार भएकाले यसमा पेट्रोलियम पदार्थबाट चल्ने कारको जस्तो इन्जिन चल्नका लागि एयर फ्लोको आवश्यक्ता पर्दैन । साथै, यसमा दिइएको मोटर र ब्याट्री दुबै वाटर प्रुफ रहेको हुन्छ । त्यहि कारण टेस्लाका चालकहरुले आफ्नो गाडीको हेडलाइटसम्म पानी पुग्दा पनि सजिलै वाटरपास पार गरेको देखिन्छ ।

यो बाटोमा अन्य पेट्रोल डिजल इन्जिन भएका गाडीलाई सायद पानी जमेको समयमा सडक पार गर्न कठिन हुने देखिन्छ ।


Back_to_top