१५ हजार नगद छुटसहितको सेगवेले ल्यायो अफर

काठमाडौं । सेगवे नेपालले मनसुन अफर ल्याएको छ । कम्पनीले सेगवेका इलेक्ट्रीक स्कुटहरुमा मनसुन अफर ल्याएको हो ।

सेगवे नाइनवटको नेपालमा लागि आधिकारिक विक्रेता कम्पनी आई हव प्रालिले १५ हजारसम्मको नगद छुटसहितको मनसुन अफर सार्वजनिक गरेको हो ।

यो अफरमा सेगवेका कुनैपनि इलेक्ट्रीक स्कुटरको खरिदमा १५ हजारसम्मको नगद छुट तथा रेनकोट, स्कुटर कभर, १ वर्षको रोड ट्याक्स तथा हेलमेट निःशुल्क प्राप्त गर्न सकिने छ ।

यो मनसुन अफर सेगवेको सबै सोरुममा उपलब्ध हुने तथा श्रावण १५ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ ।

आइ हव प्रालिले नेपाली बजारमा सेगवेका ४ मोडलका स्कुटर विक्री वितरण गर्दै आएको छ भने विक्री पछिको सेवा तथा पार्टस् उपलब्ध गराउँदै आएको छ ।

सेगवे सेल्फ ब्यालेन्सिङ दुईपांग्रे सवारी साधन उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ । कम्पनीका उत्पादनहरू अमेरिकी, यूरोपियनका साथै ८० भन्दा धेरै देशहरूमा विक्री वितरण हुँदै आएको छ ।

सन् २०२२ मा सेगवे नाइनवट नेपाली बजारमा भित्रिएको हो । यसलाई ‘बिजुली दाइ’का रूपमा परितिच लोकेश वलीले नेपाल भित्र्याएका हुन् । १ वर्षको समयमा सेगवेका स्कुटरहरू नेपाली सडकहरूमा बाक्लो उपस्थिति देख्न सकिन्छ ।


Back_to_top