काठमाडौं । भारतमा आक्रमक बजार बिस्तार गर्ने लक्ष्यको साथ फक्सवागन ग्रुपले लगानी बढाएको छ । कम्पनीले भारतलाई केन्द्रमा राखेर २.० प्रोजेक्ट नै कार्यान्वयनमा ल्याएको छ ।
कम्पनीले सन् २०२१ बाट बजारमा ल्याउने पहिलो क्रसओभर टाइगुन यहि नयाँ रणनीतिको एक हिस्सा बनेर आउने भएको छ । भिजन इन कन्सेप्टमा फक्सवागनले ‘एमक्यूबी ए जिरो मोडुलर प्ल्याटफर्म’ तयार गरेर नयाँ टाइगुन क्रसओभर एसयूभी ल्याउने भएको हो ।
टाइगुन क्रसओभरमा कम्पनीले २६५१ एमएम लामो ह्वील वेस र २०५ एमएम ग्राउन्ड क्लियरेन्स प्रदान गर्ने छ । डिजिटल इन्ट्रुमेन्ट कन्सोल, कनेक्ट फिचर, ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम जस्ता फिचरले यसको ड्यासबोर्ड आकर्षक रहने छ ।
कम्पनीले यसमा १.५ लिटर फोर सिलिण्डर टर्बो चार्ज्ड इन्जिन दिने छ । उक्त इन्जिनले १३० हर्स पावर प्रदान गर्ने छ ।
लगभग ९० प्रतिशत पाटर्सहरु भारतमा नै उत्पादन गरेर प्रयोगमा ल्याउन लागिएको टाइगुन मूल्यका हिसावले पनि निकै प्रतिस्पर्धी रहने अनुमान गरिएको छ । यद्यपी कम्पनीले यसको मूल्यको विषयमा भने कुनै जानकारी दिएको छैन ।
फक्सवागन टाइगुनले हुन्डाई क्रेटा, किया सेल्टोस, एमजी हेक्टर, टाटा एच५ जस्ता मोडलसँग प्रतिस्पर्धा गर्ने छ । अहिलेको कमजोर बिक्रीलाई उकास्न टाइगुन गेमचेन्जर सावित हुने फक्सवागन ग्रुपले विश्वास लिएको छ ।


