शोरुम आइपुग्यो विलिङ विङ्गो, सुरुवाती मूल्य ३२ लाख (भिडियो सहित)

काठमाडौं । इन्डोनेशियामा विलिङले उत्पादन गरेको ह्याचव्याक कार विङ्गो नेपाल आइपुगेको छ । कम्पनीले यसको इन्टडक्टरी प्राइस ३१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको हो ।

विलिङको नेपालका लागि नयाँ आधिकारिक बिक्रेतामा नियुक्त भएको पारामाउन्ट मोटर्सले शोरुममा राखेको हो ।

विलिङ विङ्गो ह्याचब्याक मोडल हो । निकै आकर्षक डिजाइनमा तयार भएको विङ्गो झण्डै ४ मिटर लामो छ । नेपालमा मोटर पावरलाई मात्रै आधार मानेर कर निर्धारण हुने भएकोले विङ्गोमा रहेको ५० किलोवाट क्षमातको इलेक्ट्रीक मोटर बलियो पक्ष हो ।

विङ्गो ईभीको लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम र उचाई १५८० एमएम छ । जुन औषत ह्याचव्याक कारभन्दा ठूलो हो ।

यसमा ब्याट्री भने ३२ किलोवाट आवर क्षमताको छ । सानो मोटर भएको कारण यसले रेन्ज पनि राम्रो दिने कम्पनीको दावी छ । पारामाउन्ट मोटर्सले विङ्गो ह्याचव्याक टेष्ट ड्राइभ गर्न चाहनेलाई टेष्ट ड्राइभ खुल्ला गर्न लागेको हो ।

विलिङले आफ्नो कारलाई फिचर लोडेड बनाउन कुनै कसर बाँकी राखेको छैन । यसमा दुई वटा १०.२५ इन्चको स्कृन पाउन सकिन्छ । लेदर सिट, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, रिमोर्ट स्टार्ट, किलेस इन्ट्री, अटोमेटीक पार्किङ, ट्रायाक्सन कन्ट्रोल, स्टेविलिटी कन्ट्रोल जस्ता आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ ।


Back_to_top