बीवाइडीका गाडी १० मिनेटमै ८० प्रतिशत चार्ज हुने, ल्यायो ईभो प्लेटफर्म

काठमाडौं । न्यू इनर्जी भेहिकल निर्माणको दुनियाँँमा आफुलाई सबैभन्दा अगाडि उभ्याउन सफल बीवाइडीले ई–प्लेटफर्म ३.० लाई अपग्रेड गरेर नयाँ ‘३.० ईभो’ प्रयोगमा ल्याएको छ ।

सन् २०२१ मा लन्च भएको पछिल्लो ई-प्लेटफर्म ३.० मा बीवाइडीले अहिले बिक्री गर्दै आएको अधिकांश कारहरु बनेका हुन् । ३.० को सफलतापछि ई-प्लेटफर्म ४.० लन्च गर्ने अनुमानका बीच कम्पनीले ३.० ईभो भर्सन ल्याएको हो ।

बीवाइडीले ई प्ल्याटफर्म ३.० ईभोमा सिलायन-०७ मोडल लन्च गरेको छ । कम्पनीका अनुसार नयाँ अपडेटेड प्लेटफर्ममा मुख्यतया पाँच ठूला परिवर्तन पाउन सकिन्छ ।

नयाँ ईभो प्लेटफर्ममा बनेका गाडी धेरै इफिसीयन्सी, सेफ्टी र फास्ट चार्जिङमा एक मानक हुने बताइएको छ । बीवाइडीले यो प्लेटफर्मलाई सुरक्षीत, धेरै उपयोगी र स्मार्टर भनेको छ ।

नयाँ ईभो प्लेटफर्ममा पहिलाको ८ इन १ इलेक्ट्रीक ड्राइभ सिस्टमको सट्टा १२ इन १ इलेक्ट्रीक ड्राइभ सिस्टम प्रयोग हुनेछ । नयाँ १२ वटा सिस्टममा इलेक्ट्रीक मोटर, सिलिकन कार्वाइट इलेक्ट्रोनीक कन्ट्रोल, हाइ इफिसीयन्सी रिड्यूसर, डीसी कन्भर्टर, ब्याट्री म्यानेजर र इन्टेलीजेन्ट बुस्ट मोडुलर दिइएको छ ।

बीवाइडीका अनुसार कम्पनीको नयाँ इलेक्ट्रीक मोटर विश्वकै सबैभन्दा धेरै स्पीड भएको मोटर हुनेछ । यसले २३ हजार आरपीएमसम्म काम गर्छ । यसको मद्दतले सीलायन-०७ को अधिकतम गति २२५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

दोस्रो मूख्य टेक्नलोजी क्लस्टरमा इलेन्लीजेन्ट फास्ट चार्जिङ सिस्टम ईभो प्लेटफर्ममा पाउन सकिन्छ । यसले पब्लिक चार्जरको २५० एम्पीयरको क्षमतालाई ४०० एम्पीयरसम्म बढाउन सक्छ । जसका कारण १० बाट ८० प्रतिशत चार्ज गर्न केबल १८ मिनेट मात्रै लाग्छ ।

यसको अर्को विशेषता भनेको इन्टेलीजेन्ट थर्मल फास्ट चार्जिङ टेक्नोलोजी पनि हो । यसले लो टेम्प्रेचरमा पनि सेल्फ हिटीङ टेक्नोलोजीको माध्यमबाट चार्जिङ टाइमलाई ४० प्रतिशतसम्म घटाउनेछ ।

अर्को, स्मार्ट फास्ट ड्यूल गन टेक्नोलोजी समेत यसमा उपलब्ध छ । जसले एकैपटक दुईवटा फास्ट चार्जर गन जोडेर अधिकतम ५०० किलोवाट क्षमताको चार्जिङ पावर लिन सक्छ । यसरी चार्ज गर्दा १० बाट ८० प्रतिशत चार्ज गर्न केबल १० मिनेट मात्रै लाग्नेछ ।

ईभो प्लेटफर्ममा रहेको हिट पम्प टेक्नोलोजी क्लस्टर पनि आकर्षक छ । यो टेक्नोलोजी नयाँ नभए पनि यसले इन्टेरियर क्लाइमेट कन्ट्रोल गर्दा अत्यन्त न्यून इनर्जी खपत गर्छ । बीवाइडीका अनुसार ‘ई-प्लेटफर्म ३.० ईभो’ विश्वको पहिलो ‘इन्टेलीजेन्ट वाइड टेम्प्रेचर रेन्ज हाइ इफिसीयन्सी हिट पम्प टेक्नोलोजी’ हो ।

यसले १६ इन १ हाई इफिसीयन्सी थर्मल मेनेजमेन्ट मोडुलले इनर्जी खपत कम गर्छ । यसमा ब्याट्रीका लागि ड्यूल सर्कुलेसन डाइरेक्ट म्यानेजमेन्ट कुलीङ र हिटिङ टेक्नोलोजी दिएको छ । यसले ब्याट्रीको थर्मल मेनेजमेन्टमा २५ प्रतिशतले इनर्जी कन्जप्सन कम हुनेछ ।

चौथो टेक्नोलोजी क्लस्टरमा विश्वको पहिलो सीबीटी भेहिकल सेफ्टी आर्किटेक्चर पर्छ । सीबीटीको माने ‘सेल टु बडी टेक्नलोजी’ हो । यसमा ब्याट्रीप्याक परम्परागत ईभीको बडी मुनी झुन्डिएर नभई बडीकै पार्टका रुपमा रहेको हुन्छ । यसले सेफ्टी बफर स्पेश अगाडि १०० एमएमले बढ्छ । साथै, कारको बडी स्ट्रेन्थ पनि ६० प्रतिशतले बढ्ने बीवाइडीको दावी छ ।

पाँचौ क्लस्टरमा विश्वको पहिलो इन्टेलीटेन्ज मोसन कन्ट्रोल टेक्नलोजी रहेको छ । यसले डाइनामीक स्टेट रिकग्नाइजेसन, मोटर सेल्फ इन्डुक्लेन्स रिकग्नाइजेसन र इमेज रिकग्जाइजेसनको समस्यालाई समाधान गर्नेछ ।

अकोर्, इन्टेलीजेन्ट टर्क कन्ट्रोल सिस्टम (आईट्याक) ले यसलाई एक कदम अगाडि पूर्याएको छ । यसको मद्दतले स्लीप रिकग्नेसन टाइमलाई ५० मिलिसेकेन्डले घटाउछ । यसले ४० प्रतिशत स्लीपेज स्पीड घटाउने तथा म्याक्सीमम याएङ्गल ११.७ प्रतिशतले घटाउनेछ । आईट्याकले स्पेशलाइज ड्राइभ मोडलहरु टेरेन असिस्ट, ट्रयाक असिस्ट, ड्रिफ्ट मोड आदिमा समेत सपोर्ट गर्छ ।


Back_to_top