काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले नयाँ टाटा विङ्गर बीएस ६ नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘प्रिमियम टफ’ ढाँचामा तयार परिएको विङ्गर कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त मानिन्छ ।
विङ्गरको नयाँ भर्सन प्रदुषण कम गर्नुको साथै आकर्षक र आरामदायी पनि रहेको सिप्रदीको भनाई छ । २.२ लिटर डाइकोर इन्जिन जडित विङ्गर बीएस ६ को पावर र टर्क उत्कृष्ट छ । त्यसैगरी इको स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा विङ्गर कम इन्धन खपत र उत्कृष्ट कार्यक्षमता प्रदान गर्न सक्षम छ ।
सिप्रदी ट्रेडिङ्गले दशकौदेखि उल्लेखनीय प्रतिबद्धताका साथ टाटाका गाडीहरुको विक्री वितरण र आवश्यक सेवाहरु प्रदान गर्दै आएको छ । टाटा विङ्गरको नयाँ भर्सनले पनि यस्तै प्रतिबद्धताका साथ नेपाली बजारमा बजारीकरण गर्नेमा आफु विश्वस्त रहेको टाटा मोटर्स कमर्शियल भेहिकल बिजनेस युनिट अन्तर्गतको इन्टरनेसनल बिजनेस एण्ड स्ट्र्याटिजीका उपाध्यक्ष अनुराग मेह्रोताले बताए ।
त्यसैगरी सिप्रदी ट्रेडिङ्गका कार्यकारी अध्यक्ष सिद्धार्थ शमसेर राणाले आफुहरु सदैव आफ्नो ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको उत्पादन एवं समुच्च कोटीको ग्राहक सेवाहरु प्रदान गर्न प्रतिवद्ध रहेको बताए ।
सुरक्षित यात्राको लागि विङ्गर स्कूल बसमा एबीएस सहितको प्रभावकारी ब्रेकिङ्ग प्रणाली जडान गरिएको छ । गाडी चलाउँदा बाहिरको दृश्य प्रष्ट रुपमा देखिन यसमा फायर डिटेक्सन तथा सप्रेसन सिस्टम एवं फग ल्याम्पको व्यवस्था पनि छ । बालबालिकाको सुरक्षित एवं आरामदायी यात्राको लागि विङ्गर स्कूलमा आधुनिक विशेषताहरु छन् ।

