नेपाल आउने नयाँ ‘वुलिङ बिंगो’ले चीनमा बिक्री अगावै तान्यो ग्राहक, के छ खास ?

काठमाडौं । एसएआइसी जीएम वुलिङको नयाँ कम्प्याक्ट वुलिङ बिंगो (प्रो)ले चिनियाँ ग्राहक तानेको छ । आधिकारिक रूपमा बिक्री सुरू हुनु अगावै उल्लेख्य अर्डर पाएको हो ।

कम्पनीले वुलिङ बिंगोको गत अप्रिल १४ देखि बुकिङ लिन सुरू गरेको थियो । हालसम्म ३० हजार युनिट बढी अर्डर भइसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले यही मे २२ देखि चीनमा वुलिङ बिंगोको बिक्री सुरू गर्दैछ । कम्पनीले बिंगोको सुरूआती मूल्य ८ हजार ७०० डलर तोकेको छ ।

नयाँ वुलिङ बिंगोमा सन् २०२३ मा आएको बिंगोको अपडेटेड भर्सन हो । कम्पनीले यसको डिजाइनसँगै विभिन्न फिचरहरू थपेर ल्याएको छ । जसमा क्युट देखिने गोलो हेडलाइटहरू दिएको छ ।

नयाँ बिंगोको साइज पनि ठूलो बनाएको छ । यसको लम्बाइ ४०५० एमएम, चौडाइ १,७५८ एमएम र उचाइ १,५८० एमएम छ । यो ५ ढोका भएको ५ सिट क्षमताको कार हो। यसको भित्री भागमा १३.८ इन्चको ठूलो इन्फोटेनमेन्ट स्क्रीन छ । जसले एआई भ्वाइस कमाण्ड र रिमोट एप अपरेसन सपोर्ट गर्छ ।

बिंगोमा ३१.९ किलोवाट आवर र ३७.९ किलोवाट आवरको दुई ब्याट्री अप्सन छ । जसले एकपटकको फुलचार्जमा क्रमशः ३३० किमी र ४०३ किमी रेन्ज दिन्छ । ६५ किलोवाटको मोटर रहेको यो ईभी अधिकतम १३० किमी प्रतिघण्टाको स्पीडमा गुड्छ ।

सुरक्षालाई उच्च प्राथमिकता दिँदै यसमा एबीएस, ईबीडी र भेरियन्ट अनुसार ६ वटासम्म एयरब्यागहरू छन् ।

बिंगोमो टप भेरियन्टमा ‘लिक्विड कुलिङ’ प्रविधि दिइएको छ। तल्लो भेरियन्टमा भने हावाले चिसो बनाउने एयर कुल्ड प्रविधि छ। एयर कुल्ड ब्याट्रीहरू तातेपछि डीसी फास्ट चार्जिङ सुस्त हुने समस्या आउन सक्छ । लिक्विड कुलिङ भएको मोडल १५ मिनेटमै ३० देखि ८० प्रतिशत चार्ज हुन सक्छ । जबकि एयर कुल्ड मोडललाई ३५ मिनेट लाग्छ।

नयाँ वुलिङ बिंगो चाँडै नेपाली बजारमा समेत आउने छ । नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले बिंगो ल्याउने तयारी थालेको छ ।


Back_to_top